इलाम । माई नगरपालिका–६ का ४० बर्षिय जितेन राई मलेसियामा सुतेकै अवस्थामा मृत फेला परेका छन । मलेसियाको सेरेवाङमा रहेको नोङसिङ मार्केटिङ नामको फर्निचर कम्पनीमा कार्यरत राई मंगलबार बेलुका खाना खाएर सुतेका थिए । विहान ९ बजे तिर काम गर्ने समयमा नउठदा ओच्छयानमै मृत फेला परेको मलेसियाबाट बुद्धराज योङहाङले जानकारी दिए ।
मृतक राईको लाश पोष्टमार्टको लागी अस्पताल तर्फ लगिएको छ । मृतक राईको दाजु अनिल राई पनि सोही कम्पनीमा कार्यरत रहेका छन । उनको मृत्युको कारण बारे खुल्न नसकेको योङहाङले जानकारी दिए ।