नयाँबजार । बैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवाहरुले माईजोगमाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ८२ हजार भन्दा बढि सहयोग गरेका छन् । गाउँपालिकाको वडा नं २ का ७ जना युवाहरुले कोरियन वन ८ लाख ४० हजार अर्थात नेपाली ८२ हजार ४ सय ५९ रुपैया संकलन गरेर पठाएका हुन् । सहयोग प्रदान गर्नेहरुमा नर्धोज चाम्लिङ, बिकास चाम्लिङ , बुद्धवीर राई , रन्जित राई, किरन चाम्लिङ , आसिका महत र रमेस महत रहेको गाउँपालिका अध्यक्षका स्विकिय सचिव संजिव थामीले जानकारी दिए ।
सहयोगी दाताहरुलाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले धन्यवाद ज्ञापन गर्दै उक्त रकमलाई कोरोनाका कारण विपदमा परेका गाउँबासीहरुको लागि खर्च गर्ने बताए । त्यसैगरी गाउँपालिका क्षेत्र भित्र रहेको सान्भी ईनर्जी प्रालि द्वारा संचालित जोगमाई खोला हाईड्रो पावरले समेत ५० हजार सहयोग प्रदान गरेको छ । हाइड्रो पावरका संचालक पाल्देन काजीले इन्जिनियर राजेन्द्र काफ्ले, स्थानियबासी भक्त राई लगायतको उपस्थितमा गाउँपालिका अध्यक्ष राईलाई सहयोग प्रदान गरेका हुन् ।