Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

बैदेसिक रोजगार सम्बन्धि अभिमुखिकरण पाँचथरको फाल्गुनन्द गाउपालिकामा सम्पन्न

बैदेसिक रोजगार सम्बन्धि अभिमुखिकरण पाँचथरको फाल्गुनन्द गाउपालिकामा सम्पन्न

  • ध्रुब फागो
  • मंगलबार, मंसिर २८ २०७८


बैदेसिक रोजगार सम्बन्धि अभिमुखिकरण पाँचथरको  फाल्गुनन्द गाउपालिकामा सम्पन्न

फाल्गुनन्द । स्वदेसमै रोजगार गरौ वैदेशिक रोजगारमा जाने भए पनि सुचना र सीप सिकेर मात्र जाउँ भन्ने मुल नाराका साथ फाल्गुनन्दमा वैदेशिक रोजगार सम्बन्धि एक दिने समुदाय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। फालगुनन्द ४ चिलिङ्दिन ९ को सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा वैदेशिक रोजगारमा जान लागेका बाकुलो युवाहरुको मन कार्यक्रमबाट गहिरो प्रभाव पारेको थियो।
सुरक्षित आप्रबासन परियोजना नेपाल सरकार र सुजरल्याण्ड सरकारसँगको दुई पक्षिय सम्झौता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत स्थानिय सरकारको मातहतमा सन्चालन रहेको कार्यक्रमको प्राबिधिक सहयोग हेल्बिटान्स नेपालले गरिरहेको छ भने सो कार्यक्रमलाई पाचथर नेपाल जन उद्दार संघ सस्थाले सहजीकरण गर्दै आएको छ।
वैदेशिक रोजगारमा जान लागेका, वैदेशिक रोजगारमा भएका,वैदेशिक रोजगारमा भएका घर परिवारलाई लक्षित गर्दै कार्यक्रमहरु सन्चालन गर्दै आएको कार्यक्रमका प्रमुख प्रसिक्षक लक्ष्मि सुहाङले बताइन् । वैदेशिक रोजगार पाचथर सुचना केन्द्रका सुचना परामर्शकर्ता प्रमुख लक्ष्मि सुहाङले कार्यक्रमलाई प्रमुख सहजीकरण गर्दै सुरक्षित आप्रबासन परियोजना नेपालको १ सय ३९ स्थानीय तहमा सन्चालन भइरहेको बताइन् । त्यसमध्ये पाचथरमा चारवटा स्थानीय तहमा सन्चालन भइरहेको छ । जसमा फाल्गुनन्द गाउपालिका,फालेलुङ गाउपालिका,फिदिम नगरपालिका ,मिक्लाजोङ गाउपालिका रहेको छ। सुचनामा पहुँच ,न्यायमा पहुँच ,मनोसामाजिक परामर्श ,बिस्टिप साक्षरता ,सिपमा पहुँच गरि पाचवटा क्षेत्रमा सहजीकरण गर्दै आएको प्रमुख कार्यक्रमका सहजीकरण प्रमुख लक्ष्मि सुहाङले बताइन् ।
अहिले फाल्गुनन्द गाउपालिकामा ३ जना रिटनिङ भोलेन्टियर्सहरुबाट वैदेशिक रोजगारमा जाने जो कोहिलाइ कुनै समस्या सम्बन्धि निकायमा पुर्याउने सहजीकरण गर्दै आएका छन्।बिदेसमा भएका घरपरिवारलाई कुनै पनि तनाब भएमा मानसिक असर परेकोलाई मनोपरामर्स दाताको रुपमा फाल्गुनन्द गाउपालिकामा उमादेबि राइले कार्यक्रम गर्दै आएकि छन्।वैदेशिक रोजगारमा जानुभएका घरपरिवारलाई कुनै मानसिक समस्या भएमा तुरुन्त खबर गर्न आग्रह गर्दै आएका छन।बिदेस जान जति सजिलो छ फर्केर आउन त्यति गार्‍हो छूत्यसैले वैदेशिक रोजगारमा जानुभन्दा पहिले कुनै एउटा सीप सिकेर जान आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथी लक्षमि सुहाङले बताइन् ।
सुरक्षित आप्रबासन परियोजना सामी पाचथरको आयोजनामा आयोजित कार्यक्रममा फाल्गुनन्द ४ का वडा सदस्य कबिन्द्र प्रसाद लाओतिको अध्यक्षता तथा सुरक्षित आप्रबासन परियोजना सामी पाचथरका प्रमुख तथा कार्यक्रमका प्रमुख सहजकर्ता लक्ष्मि सुहाङको प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रममा विशेष अतिथी पत्रकार ध्रुव फागो रहेको कार्यक्रममा स्थानीय शिक्षक नवीन भट्टराई,साजसेबी मोहन प्रसाद आङ्देम्बे,समाजसेवी बुद्धराज नेम्वाङ ,पर्यटकिय स्थल पुधामलुङका अध्यक्ष धन बहादुर नेम्वाङ ,समाजसेवी हर्कबल नेम्वाङ समेतको उपस्थिती रहेको थियो।
एकदिने समुदाय अभिमुखिकरण कार्यक्रममा फाल्गुनन्द गाउपालिकाका ४० जना बिदेसबाट फर्केका,बिदेश जानलागेका,वैदेशिक रोजगारमा इच्छूक युवाहरुको सहभागी रहेको थियो। सहभागी सबै युवाहरुले वैदेशिक रोजगार सम्बन्धि कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताएका थिए। रिटनिङ भोलेन्टियर्स हरु सुगम नेम्बाङ र सुरेन्द्र चेम्जोङले सन्चालन गरेको कार्यक्रमलाई वडा सदस्य कबिन्द्र प्रसाद लाओतिले समापन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार