इलाम । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले सरकारलाई दिएको अल्टिमेटको मिती नजिकिएसंग उनी अनसन बस्ने स्थानको बिषयमा इलाममा चर्चा सुरु भएको छ । सामाजिक संजालमा डा केसी नारायणथानमा अनसन बस्ने चर्चा चलेपनि हालसम्म स्थान भने टुङगो नलागेको उनका सर्मथक एवम इलामका अग्रज पत्रकार धर्म गौतमले बताए । उनले आज सरकारलाई सहमति कार्यान्वयन नभए पुनः अनसन थाल्ने चेतावनी दिएका छन । सहमतिविपरित संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तयार गरेको भन्दै समितिले त्यसलाई सुधार नगरे पुनः अनसन थाल्ने उनले चेतावनी दिएका हुन । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापतिले समेत प्रतिबद्धता जनाएकाले अघिल्लो अनसन तोडेको भन्दै अहिले फेरि माफियाको चंगुलमा परेर विधेयक परिमार्जन गर्न लागिएको आरोप लगाए । संसदीय समितिले उपसमितिको मस्यौदा परिमार्जन नगरे पूर्वनिर्धारित समयअघि नै अनसन थाल्ने उनले चेतावनी दिए ।
यसअघि गत पुष १७ गते अनसन बस्नका लागी केसी इलाम आएका थिए । संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिद्वारा केही दिनका लागि समय माग गरेपछि उनले आगामी पुष २५ गतेसम्मको लागी समयसिमा दिएका थिए । सरकारले चिकित्सा शिक्षा विद्येयक संसोधन गरेर माग सम्वोधन गर्ने २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएपछि इलाममा बस्ने तयारी भएको अनसन स्थिगित गरेका थिए । अनसन स्थगनपछि इलाममा पत्रकार सम्मेलनमा बोल्दै उनले सम्भवत अनसन इलाममा नै बस्ने बताएका थिए ।
हेर्नुहोस इलाममा केसीले के भनेका थिए