Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण

आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज ५ २०७५


आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण

इलाम  । पछिल्लो समय मानिसहरुमा आयुर्वेद चिकित्सा प्रति आर्कषण बढदै गएको छ । आधुनिक जिवनशैली र विषादीयुक्त खानपानले मानिसहरुमा नसर्ने रोगले बढी सताउन थालेपछि मानिसहरुमा एलोपेथिक भन्दा आयुर्वेदिकमा सर्वसाधारणको चासो र आर्कषण बढन् थालेको हो ।
मेची अञ्चल आर्युेवेद औषालय इलामको तथ्याङकले जिल्लामा आयुर्वेदिक उपचार पद्धतीमा आर्कषण बढदै गएको देखाउँछ । आर्थिक बर्ष ०७३÷७४ मा जिल्लाका ४ हजार ५ सय ७२ जनाले आयुर्वेद सेवा लिएकोमा गत आर्थिक बर्षमा सो संख्या बृद्धि भइ ५ हजार २ सय २७ पुगेको कार्यालयका प्रमुख खगेन्द्र पौडेलले बताउनुभयो ।
एलोपेथिक उपचारको तुलनामा असर काम हुने भएकाले आयुर्वेद औषधी प्रति आर्कषण बढदै गएको हो । आयुर्वेद उपचारको माग बढ्दै गएपछि मेची अञ्चल आयुर्वेद औषधालयले ग्रामिण तहका बासिन्दाहरुलाई लक्षित गरी गाँउघर क्लिनिक समेत संचालन गर्दै आएको छ । सुर्योदय नगरपालिका–१२ आइतबारेमा मेची अञ्चल आयुर्वेद औषधालयको अतिरिक्त जिल्लाका अन्य ४ स्थानबाट आयुर्वेदिक सेवा संचालन गरिरहेको छ ।
औषधालयले विभिन्न ३० भन्दा बढी प्रकारका रोगहरुको उपचार गर्दै आएको छ । जेष्ठ नागरिक, सुत्केरी महिला र नसासम्बन्धि पंचकर्म जस्ता रोगको समेत उपचार गर्दै आएको औषधालयमा धेरैजसो ग्याट्रिक र बाथ रोगी बिरामीले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार