Local Sandesh शनिबार, मंसिर ६ २०८३
  • ट्रेण्डिङ :

तीन दशकदेखि सक्रिय पत्रकार सेर्माको निधन

तीन दशकदेखि सक्रिय पत्रकार सेर्माको निधन

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ६ २०८३


तीन दशकदेखि सक्रिय पत्रकार सेर्माको निधन

पाँचथर : पाँचथरलाई कार्यक्षेत्र बनाएर करिव तीन दशक अघिदेखि सकृय कबिन्द्र सेर्मा ९कालिबहादुर० को निधन भएको छ । क्यान्सर रोगबाट पीडित सेर्माको मंसिर ४ गते राति काठमाण्डौमा निधन भएको हो । पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउँपालिका–२)  मा जन्मिएका सेर्मा २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गरेका थिए ।

उनले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गरेका थिए । त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध भएर काम गरेका उनले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्याएका थिए । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्षसमेत रहेका सेर्माले जिल्लाको पत्रकारिता क्षेत्रको संस्थागत विकासमा समेत योगदान पुर्‍याएका छन् ।

उनी झण्डै ३ वर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आएका उनी थप उपचारका लागि भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालसमेत पुगेका थिए । अहिले उपचारकै क्रममा काठमाडौंमा उनको निधन भएको हो । सेर्माको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति भएको पत्रकार महासंघ पाँचथरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार