Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तिम्बुङ पोखरी ट्रेल रनको तयारी अन्तिम चरणमा

तिम्बुङ पोखरी ट्रेल रनको तयारी अन्तिम चरणमा

  • चन्द्र पन्दाक
  • बुधबार, भाद्र १७ २०८३


तिम्बुङ पोखरी ट्रेल रनको तयारी अन्तिम चरणमा

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना हुन लागेको तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २५ गते आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

आयोजक तिम्बुङ पोखरी पर्यटन विकास समिति, सिदिङ्वाले सदरमुकाम फुङ्लिङमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । आयोजक समितिका अध्यक्ष अमिर राईका अनुसार प्रतियोगिता भदौ २४ र २५ गते दुई दिन सञ्चालन हुने छ । ट्रेल रन अर्थात म्याराथन प्रतियोगिता भदौ २५ गते हुने समिति अध्यक्ष राईलाई जानकारी दिए ।

जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य तिम्बुङ क्षेत्रको प्रवद्र्धन र विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ । प्रतियोगिता आयोजना हुने निश्चित भएसँगै तयारीलाई तीब्र पारिएको पनि बताए । यसवर्षको प्रतियोगितालाई अझ भव्य बनाउन कार्यक्रमस्थल करिव चार हजार २०० मिटरको उचाइमा च्याब्रुङ नाच केःलाङ प्रस्तुत गरिने छ । केःलाङसँगै याक तथा चौंरी प्रदर्शन, भेडा प्रदर्शनी, छुर्पी, राडी, खाँडी, ढाकासहितका स्थानीय उत्पादनको प्रदर्शनीलगायत कार्यक्रम राखिएको आयोजक समितिका अध्यक्ष राईले जानकारी दिए ।

कार्यक्रममा चार हजार ३५० मिटरभन्दा बढी उचाइमा रहेको विशाल तिम्बुङ पोखरीको भ्रमण तथा अवलोकन, नेपाल–भारतको सिमानाअन्तर्गत सिक्किमतर्फ पर्ने लामपोखरी र लक्ष्मी पोखरीको भ्रमणजस्ता कार्यक्रम राखिएको आयोजकले जनाएको छ । तिम्बुङ पोखरी क्षेत्रमा रहेको लोपोन्मुख वनस्पति केन्जो पदमचालको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रमकाबिच तिम्बुङ पोखरी क्षेत्रलाई केन्जोको राजधानी घोषणा गर्ने प्रक्रिया सुरु गर्नका लागि भदौ २४ गते तिम्बुङ पोखरी क्षेत्रमै सिदिङ्वा गाउँकार्यपालिकाको बैठक बस्ने तयारी रहेको पनि समितिका अध्यक्ष राईले जानकारी दिए ।  यता ट्रेल रनमा भारतका केही धावक र नेपालका धिरज बुढा मगर, अर्जुन कुलुङ सहितका प्रख्यात धावकहरुले सहभागिता जनाउने भएका छन् ।

गोरखापत्रबाट 

प्रतिक्रिया
सम्बन्धित समाचार