Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चियाबारी पदमार्गको विकास र पर्यटन प्रवर्द्धनबारे अन्तुमा छलफल

चियाबारी पदमार्गको विकास र पर्यटन प्रवर्द्धनबारे अन्तुमा छलफल

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १६ २०८३


चियाबारी पदमार्गको विकास र पर्यटन प्रवर्द्धनबारे अन्तुमा छलफल

फिक्कल । चियाबारी पदमार्गको विकास र पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । कार्यक्रममा चियाबारी पदमार्गलाई थप व्यवस्थित र आकर्षक बनाउँदै स्थानीय पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने, पर्यटकका लागि आवश्यक पूर्वाधार विकास गर्ने तथा स्थानीय उत्पादन र रोजगारीसँग पर्यटनलाई जोड्ने विषयमा जनप्रतिनिधि र सरोकारवालाहरु बिच अन्तु कटेजमा छलफल भएको हो ।

पदमार्ग क्षेत्रमा रहेका कटेज होटल, होमस्टे तथा अन्य पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै स्थानीय समुदायको सक्रिय सहभागितामा पर्यटन विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो। विशेषगरी महिला उद्यमी तथा स्थानीय व्यवसायीलाई पर्यटनसँग जोडेर आर्थिक गतिविधि बढाउने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।

स्थानीय व्यवसायी, जनप्रतिनिधि र पदमार्गसँग सम्बन्धित कर्मचारीबीच प्रत्यक्ष छलफलमार्फत क्षेत्रका समस्या, सम्भावना र आवश्यकताबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सहभागीहरूले चियाबारी क्षेत्रको प्राकृतिक सौन्दर्य, चिया बगान र स्थानीय जीवनशैलीलाई पर्यटनसँग जोडेर नयाँ पर्यटकीय गतिविधि विस्तार गर्न सकिने धारणा राखेका थिए।

पदमार्गको सरसफाइ, सुरक्षा, सूचना तथा संकेत बोर्ड, विश्रामस्थल र आवश्यक पूर्वाधारको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने सुझाव दिइएको छ।चियाबारी पदमार्गलाई व्यवस्थित रूपमा विकास गर्न सके सूर्योदय नगरपालिका महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सहभागीहरूको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार