Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर ५ मा महिलाहरुका लागि स्वास्थ्य सामग्री वितरण (तस्बिरहरु)

सन्दकपुर ५ मा महिलाहरुका लागि स्वास्थ्य सामग्री वितरण (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असार २० २०८२


सन्दकपुर ५ मा महिलाहरुका लागि स्वास्थ्य सामग्री वितरण (तस्बिरहरु)

जमुना । हाइ इफिसिएन्सि एग्रो टुरिजम हेल्थ अवारनेस सस्थाले इलामको सन्दकपुर गाउँपालिका ५ मा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण गरेको छ । जमुनामा संस्थाले महिला दिदि बहिनि हरुका लागि स्वास्थ्य सचेतना तथा हाइजेनिक किटजन्य स्वास्थ्य सामग्री वितरण गरेको हो । कोशि प्रदेसको १५ वटा नगर पालिका र गाउँपालिकामा स्वास्थ्य सामाग्री र शैक्षिक सामाग्री बितरण गर्ने निति अनुसार स्वास्थ्य संस्थाले उक्त सामग्री वितरण गरेको हो । ग्रामिण भेगको सामुदायिक आधारभुत विद्यालय र महिला दिदि बहिनि हरुलाई किटजन्य स्वास्थ्य सामग्री वितरण सन्दकपुर ५ मा गरिएको हो ।

सस्थाका अध्यक्ष नन्द प्रसाद अधिकारिको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कुमार गुरुङ रहेका थिए । कार्यक्रममा संस्थाका प्रदेस संयोजक सोम बहादूर राई राईले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सन्दकपुर गाउँपालिका ५ का ७४ जना महिला दिदिबहिनीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा जमुना स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र भट्टराईले महिला दिदि बहिनि हरुलाई कसरि स्वास्थ्य रहने बारेमा सहजीकरण गरेका थिए ।

थप तस्बिरहरु  

 

प्रतिक्रिया
सम्बन्धित समाचार