Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘पर्पला युवाहरुको मनोविज्ञान हो’

‘पर्पला युवाहरुको मनोविज्ञान हो’

  • लोकल सन्देश
  • बिहिबार, जेष्ठ ११ २०७४


‘पर्पला युवाहरुको मनोविज्ञान हो’

युवा लेखक मिलन संग्रौला भर्खरै ‘पर्पला’ उपन्यास लिएर पाठकमाझ आएका छन् । ०७१ मा ‘च्याट गर्ल’ सँगै साहित्य आख्यानमा उदाएका उदीयमान साहित्यकार संग्रौला ‘च्याट बोइ’का रुपमा पाठकमाझ प्रिय बने । तेह्रथुम आठराइमा जन्मिएका उनी झापा २०५८ सालमा झरे । गोमेन्द्र मल्टिपल कलेज बिर्तामोडमा बीसीए गरेका उनी शिक्षक पनि हुन् । हाल उनी अध्ययन-अध्यापनको सिलसिलामा काठमाडौँमा छन् । २०७३ चैत २३ गते विमोचित ‘पर्पला’सँग पाठक अझ आशावादी छन् । र, त्यो आशालाई पर्पलाको फरक शैली र प्रयोगले निराश बनाउँदैन । पर्पलामा कतै-कतै दोर्होयाएर पढ्न बाध्य बनाउने लोभलाग्दा शैलीहरु मनमा गढेर बस्छन् । युवा मन, सपना अनि यही उमेरमा उब्जिने प्रेमलाई उनले रोमाञ्चक तरिकाले उपन्यासमा उतारेका छन् । युवा, अभिभावक, शिक्षक र वर्तमान परिवेशमा प्रेमको अवस्था, त्यसप्रतिको सोच र मनोविज्ञानलाई कौतुहल गराउँदै उपन्यास अघि बढेको छ । पाठकलाई तानिरहने ती पात्र कसरी सिर्जना भए ? पर्पला कसरी लेखियो ? भन्ने बारे लेखक मिलन संग्रौलासँगको झापाका संचारकर्मी एकराज प्रधानले गरेकाे कुराकानी

विज्ञानको विद्यार्थी, साहित्यमा रमाइरहनुभएको छ नि ?
साहित्य वा कला मान्छेमा अन्तरनिहित हुन्छ । साधनाले उक्त अन्तरनिहित क्षमतालाई निखार्छ । त्यसका लागि निश्चित सैद्धान्तिक, त्यही क्षेत्रको औपचारिक शिक्षा प्राप्त भएको हुनुपर्छ भन्ने जरुरी छैन । स्वअध्ययन र निरन्तरताले आवश्यक पर्ने ज्ञान आफ लिन सकिन्छ । मुलत: म विज्ञान तथा कम्प्युटरको विद्यार्थी र हाल शिक्षक भए पनि सानैदेखि घरको साहित्यिक वातावरण र रुचिले मेरो मस्तिष्कलाई थाहै नपाई साहित्यतिर तान्यो । पछि किशोरवयमा साहित्यमार्फत् नै आफ्ना भावनाहरु प्ाोख्ने प्रयास गर्दागर्दै साहित्य, मुलत: आख्यानमा अभ्यस्त भइसकेको रहेछु ।

पर्पला लेखिनुको कुनै खास कारण ?
ख्ाासमा कुनै सिर्जना निश्चित उद्देश्य राखिएर सुरु गरिएको हुँदैन । त्यसले पूर्णता पाइसकेपछि र पाठकका माझ पुगिसकेपछि आफ्नो उद्देश्य स्वत: आफ बनाउँदै जान्छ । पात्रमार्फत् सुनेको एउटा सानो घटना नै बीउ बनेर मेरो मनमा पस्यो र त्यो झाँग्ािएर बृहत् उपन्यासको रुप धारण र्गयो । यसलाई लेखिरहँदा नयाँ पुस्ताको मनोविज्ञान र कथामा आधारित एउटा राम्रो आख्यान पूरा गर्न सकुँ भन्ने उद्देश्य चाहिँ मनमा आइरहेकै थियो ।

पहिला कथा लेख्नुभो, योपटक उपन्यास । बढी मजा केमा आयो ?
प्ाहिलो कथासंग्रह च्याट गर्ल लेख्ने रहर, जाँगर र हुटहुटीले लेखेको हुँ । धेरैजसो कथाहरु दुई-तीन दिनभित्रै पूरा गरिसकेको थिएँ । लेखेर स्थानीय पत्रिकामा प्रकाशित भएपछि पाएको प्रतिक्रियाको मज्जा मिल्थ्यो पनि चाँडै । तर, दोस्रो कृतिमा त्यो हुटहुटी त थिएन, बरु अब अझ राम्रो लेख्नै पर्ने केही दबाब थियो । उपन्यास कथाजस्तो सजिलै र छिटै सकिने विधा होइन रहेछ । पात्रहरु म्ामा प्रवेश गरेपछि बेग्लै राज्य खडा गरे । कतिपय अवस्थामा मेरो मनस्थितिलाई नै नियन्त्रण पनि गरे । लगभग डेढ वर्षको अवधिसम्म पात्रहरुमाझ घेरिएर बाँच्न पाउनुको मज्जा पनि बेग्लै हुँदो रहेछ ।

युवा प्रेमको विषयमा कथा-उपन्यास लेख्न कति सजिलो, कति गाह्रो छ ?
व्ाास्तवमा अहिलेका युवाहरु एकदमै चलायमान छन् । प्रविधि र अन्य सुविधाहरुको व्यापक विकासले उनीहरुको मनोविज्ञान हामीले अन्दाजै गर्न नसकिने जटिलताहरुले जेलिइरहेको छ । निश्चय नै युवाको सम्पूर्ण मनोविज्ञान आख्यानमा उतार्न निकै कठिन नै छ । पर्पला कुनै एक खास कालखण्डको आख्यान हो । त्यसबेलाका युवाका मनोविज्ञान र जीवनशैली उतार्ने प्रयत्न गरेको छु । आगामी दिनमा युवाहरुको परिवर्तित मनस्थितिलाई अझ गहिराइसम्म गएर उतार्ने प्रयत्न गर्नेछुु ।

विषय प्रेम रोज्नुभयो, उपन्यास लेख्नुभयो । तपाईंको परिभाषामा चाहिँ प्रेम के हो ?
प्ा्रेम शब्दहरुले अर्थ्याउन नसकिने भाव हो सायद । यसलाई अनुभूति गर्न सकिन्छ । त्यो अनुभूति, महसुस नितान्त व्यक्तिगत हुन्छ, जुन अरुलाई यस्तो हो भनेर बताउन गाह्रो हुन्छ । आख्यानमा त पात्रहरुको कथा र परिस्थितिमार्फत प्रेमका विभिन्न आयामहरु केलाउने प्रयत्न मात्र त गरिएको हो ।

पर्पलाको टर्निङ पोइन्ट सहबासबाट हुन्छ, के यौनले प्रेमलाई साँच्चै प्रभावित पार्छ ?
ज्ासरी प्रेम प्राकृतिक छ, त्यसरी नै यौन पनि । तर प्रेममा यौनले कुन हदसम्मको स्वभाविकताका साथ स्थान पाइरहेको छ, त्यसले सम्बन्धमा असर पार्छ नै । यदि अस्वाभाविक, अपरिपक्वता वा भनौँ केही कुराको दबाबले प्रेमलाई यौनतर्फ मोडिन्छ भने त्यसले समस्या निम्त्याउँछ नै । यही समस्याले पर्पलाको कथालाई मोडेको हो, जुन अहिलेका युवाहरुको प्रेम र सम्बन्धमा देखिने ठूलो समस्या हो ।

कथामा तीन पात्र मुख्य छन्, पर्पला, बबीन र दिव्य । यी पात्र कसरी आए ?
प्ाात्रहरु कसरी आए र लेखकले कसरी उनीहरुलाई आख्यानमा जोड्यो भन्ने कुरा उपन्यास पढेपछि नै छर्लङ्ग हुन्छ । अहिले खोतल्यो भन्ने पढ््न खोजिरहनुभएका पाठकमा रहस्यको पर्दाफास हुन सक्छ । यी पात्रहरुमा धेरै युवा र युवतीहरुको चरित्र, आनीबानी र भोगाइलाई सापट लिइएको छ । त्यसैले यी तीन पात्र हाम्रो समाज त्यसमा पनि युवापुस्तामाझबाटै आएका हुन् ।

अन्त्यमा साहित्यसर्जक र पाठकलाई के भन्नुहुन्छ ?
प्ार्पला युवा पुस्ताको कथा समेटेर तयार पारिएको उपन्यास हो । मेरो दोस्रो कृतिलाई पढेर मलाई सल्लाह सुझाव र हौसला दिनुभएमा आगामी लेखनको मार्गदर्शन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार