Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कविता ः भेलेन्टाइन र सिपाही

कविता ः भेलेन्टाइन र सिपाही

  • काङमाङ नरेश रार्इ
  • बुधबार, फाल्गुन २ २०७४


कविता ः भेलेन्टाइन र सिपाही

प्रेमको पैंचो माग्न
कतै नपाउनु
एउटी स्त्री
आँखैमा छम छम नाचि रहेको
मायाको जीवन्तता
मिलनको आभाष
लुकी छिपी
भोग्नु पर्ने
कतै लेखिएको छ ?
प्रेम र विवाह
यी दुईमा
मायाको भाइरस
क्लाउडीयस् दोस्रो
र रोम राज्य।
किशोर सिपाहीहरु
किशोरी प्रेमिकाहरु
मायाको चुस्की पिएकोमा
खुसी भए
भेलेन्टाइन पादरी
मायाको चुस्की
बैवाहिक सम्वन्धले
निरन्तरता र जीवन्तता पाए
जन्जिरले घेरिएको
मायाको वस्तीवाट
भेलेन्टाइनको
रगत
साहास
र बलिदानी जीवनवाट
सिपाहीहरुले उन्मुक्ति पाए
अध्यारो मायाको
जेलखानाबाट ।

प्रतिक्रिया
सम्बन्धित समाचार