Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कवि प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण

कवि प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण

  • सन्देश सम्बाददाता
  • शनिबार, भाद्र २० २०८३


कवि प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण

इलाम । कवि प्रतिभा पौडेलको सातौँ कृति तथा महाकाव्य ‘तितिक्षा’ शुक्रबार इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले ‘तितिक्षा’ महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राखेका थिए । उनीहरुले कृतिमा समेटिएका विषयवस्तु, सामाजिक सरोकार तथा साहित्यिक पक्षबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार