Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर मापदण्डमा इलामका चिया उद्योगको स्वर्णपदक

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर मापदण्डमा इलामका चिया उद्योगको स्वर्णपदक

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १८ २०७९


अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर मापदण्डमा इलामका चिया उद्योगको स्वर्णपदक

काठमाडौं । नेपालका १० वटा चिया उत्पादक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकनमा नेपालका १० चिया उत्पादक संस्थाले अवार्ड प्राप्त गरेका हुन् । चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको प्रतिस्पर्धामा चीन, भारत, केन्या, श्रीलंकाजस्ता मुलुकलाई पछि पार्दै नेपालका १० वटा चिया उत्पादक संस्थाले अवार्ड प्राप्त गरेका हुन् ।

जसमध्ये ग्रान्ड गोल्ड मेडल जित्ने एउटा, स्वर्ण पदक जित्ने पाँचवटा र रजत पदक जित्ने चारवटा चिया उत्पादक तथा ब्रान्डहरु छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज ९बिहीबार० एक कार्यक्रम आयोजना गरी अवार्ड विजेताहरुलाई अवार्ड तथा सम्मान गरेको छ । बोर्ड यो अवार्ड प्राप्त गर्नुले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात बढ्नेमा विश्वास लिएको जनाएको छ ।

चियाको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि बोर्डले नेपालभरका ४० वटा चियाका नमुना संकलन गरी त्यसको स्वाद एवं गुणस्तर परीक्षण गरी १६ वटा चियाका नमुना चीन पठाएको थियो । १६ मध्ये १० वटाले अवार्ड जितेका हुन् ।

जसमध्ये ग्रान्ड गोल्ड मेडल तीनजुरे टी फार्मर को अपरेटिभ सोसाइटी लिमिटेडको ‘पर्ल गोल्डेन ब्ल्याक टी’ ले प्राप्त गरेको छ । यस्तै स्वर्ण पदक प्राप्त गर्नेमा फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिजको एफ टी हिमालयन गोल्ड, हिमालयन सांग्रिला टी प्रोड्युसरको सांग्रिला गोल्ड, गोर्खा टी स्टेट प्रालिको जीटीई गोल्डने टी, सिद्धदेवी टी स्टेट प्रालिको सिल्भर विंग्स र कञ्चनजंघा अगर्ग्यानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स टीले प्राप्त गरेका हुन् ।

यसैगरी रजत पदक प्राप्त गर्नेमा हिमालय सांग्रिला टी प्रोड्युसरको हिमालयन सनराइज ब्युटी, श्री बराह टी इन्डस्ट्रिज प्रालिको स्पेसल ब्ल्याक टी, तीनजुरे टी फार्मर को अपरेटिभ सोसाइटी लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र माईपोखरी चिया प्रशोधन उद्योग नेपालको एमपी १० मिर्मिरे रहेका छन् ।

बोर्डले यो प्रतिस्पर्धामार्फत नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन तथा निर्यातका लागि उपयुक्त वातावरण सिर्जना भएको जनाएको छ । आउँदा दिनहरुमा पनि चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गर्दै दीर्घकालीन बजारको समस्या समाधानका लागि सरोकारवाला पक्षहरुबीच सहकार्य, समन्वय र सहयोग हुनु अति जरुरी देखिने बोर्डको विश्वास छ । विविध समस्याका बाबजुत पनि यो अवस्थामा ल्याई पुर्याउन चिया क्षेत्रमा आबद्ध सम्पूर्ण सरोकारवालाको अतुलनीय योगदान रहेको बोर्डको भनाइ छ ।

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको जनाए । उनले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनका लागि पहल गरिरहेको जानकारी दिए । उनले चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको पनि जानकारी दिए । भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महते्त्वपूर्ण मानिने उल्लेख गरे । उनले गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको जानकारी पनि दिए । उनले नेपाली चियाको निर्यात वृद्धिले नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको जानकारी दिए ।

त्यस्तै, पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोगविना अर्ग्यानिक रुपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको जानकारी दिए । उनले आफूहरुले किसानको आयमा वृद्धि गरी मुलुकमा विदेशी मुद्रा आर्जनको लागि महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने गरी चिया उत्पादनमा लागेको जनाए । नेपाली चिया उत्पादनलाइ सरकारले उद्योगका रुपमा विकास गर्ने गरी नीति नियमन बनाउन आवश्यक रहेको सञ्चालक खनालको भनाइ छ ।

बोर्डले कार्यक्रममा सहभागिताका लागि नमुना उपलब्ध गराउने सबै चिया व्यवसायीलाई धन्यवाद प्रदान गर्दै अवार्ड प्राप्त गर्ने सम्पूर्ण चिया उत्पादक संस्थाहरुलाई बधाईसमेत दिएको छ । ‘नेपाली चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको बोर्डलाई स्रोत(साधन सम्पन्न बनाई चिया क्षेत्रमा राज्यबाट प्राथमिकताका साथ लगानी वृद्धि गरी सहज वित्तीय र नीतिगत व्यवस्था मिलाउन सकेमा नेपाली चियाले फड्को मार्न सक्ने देखिन्छ,’ बोर्डले भनेको छ, ‘आगामी दिनमा बोर्डले चियाको आन्तरिक र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि रणनीतिक रूपमा अघि बढ्ने कुरामा प्रतिबद्धता जनाउन चाहन्छौं ।’

इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० सालमा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको अभिलेख पाइन्छ । तत्कालीन राजा वीरेन्द्रले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यावसायिक चिया खेतीको प्रवर्द्धन भएको पाइन्छ । तत्पश्चात विभिन्न निजी, सहकारी एवं सरकारी संघरसंस्थाहरुको समन्वयात्मक प्रयासमा नेपाली चिया क्षेत्रले सन्तोषजनक अवस्था प्राप्त गरेको बोर्डको बुझाइ छ ।

बोर्डका अनुसार नेपाली चिया क्षेत्र आर्थिक समृद्धिको एउटा महत्त्वपूर्ण आधारस्तम्भ हो । आव ०७७र७८ को तथ्यांकअनुसार नेपालमा १६।९१७ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २३,७४५ टन चिया उत्पादन गरिएको छ । आज १७ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको मूल्य शृंखलामा संलग्न छन् । नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नु परिरहेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरी भारत लगायत अन्य तेश्रो मुलुकहरूमा समेत निर्यात भइरहेको बोर्डले जनाएको छ । आव ०७७र७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपैयाँबराबरको ११,९२० टन चिया निर्यात भएको भन्सार विभागको

प्रतिक्रिया
सम्बन्धित समाचार