Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि

सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि

  • लोकल सन्देश
  • शुक्रबार, पौस ७ २०७४


सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि
काठमाडौँ, २० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म काठमाण्डौको सार्क सचिवालयमा हुने भएको छ ।

बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुृख मणिप्रसाद भट्टराईले बताउनुभयो ।

सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार