Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पाठेघर परिक्षण शिविरको पहिलो दिन ६६ जनालाई सेवा

पाठेघर परिक्षण शिविरको पहिलो दिन ६६ जनालाई सेवा

  • लोकल सन्देश
  • मंगलबार, पौस १२ २०७९


पाठेघर परिक्षण शिविरको पहिलो दिन ६६ जनालाई सेवा

इलाम । इलाम नगरपालिकाको सिटीहलमा जारी पाठेघर परिक्षण शिविरको  पहिलो दिन ६६ जना महिलाहरुले सेवा लिएका छन् । ३ दिने शिविरको आज पहिलो दिनमा इलाम नगरपालिका बाहेक अन्य पालिकाका महिलाहरुले समेत सेवा लिएका हुन् ।

इलाम नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा नेपाल परिवार नियोजन संघले आयोजना गरेको पाठेघरको स्वास्थ परिक्षण शिविर १२ र १३ गते समेत सञ्चालन हुने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । शिविरमा नरोप्लाण्टको सेवा समेत प्रदान गरिने नर्स लाक्पा लामाले जानकारी दिइन्। शिविरमा इलाम भित्र र बाहिरका सबैले सेवा लिनसक्ने भएकोले उपस्थित हुन संघका प्रमुख कमल सुवेदीले अनुरोध गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार