Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

व्यवसायीक पशुपालनमा आजिवन पशुपालन समूहमा आवद्ध किसान

व्यवसायीक पशुपालनमा आजिवन पशुपालन समूहमा आवद्ध किसान

  • नमिन ढकाल
  • शुक्रबार, कार्तिक ४ २०७९


व्यवसायीक पशुपालनमा आजिवन पशुपालन समूहमा आवद्ध किसान

सन्दकपूर (जमुना)। इलामको सन्दकपूर ५ जमुना इङ्लाका किसान अहिले व्यवसायीक पशुपालन तर्फ आकर्षित भएका छन् । सन्दकपूर ५ को इङ्ला गाउँ क्षेत्रका किसानहरु व्यवसायीक गाईपालन तर्फ आकर्षिक भएका हुन् । आजिवन कृषि तथा पशुपालन समूहमा आवद्ध किसानहरुले अहिले उन्नत जातका गाई पालन गरि आम्दानीको श्रोत बनाएका छन् ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा गुणस्तरीय दूध उत्पादनको लागि उन्नत जातको गाईपालन व्यवसाय उप– आयोजना संचालन भएपछि किसानहरुले व्यवसायीक गाई पालनलाई आधुनिकता समेत दिएका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा गुणस्तरीय दूध उत्पादनको लागि उन्नत जातको गाईपालन व्यवसाय उप– आयोजना आजिवन कृषि तथा पशुपालन समूहले २०७८ साउन २५ मा संझौता गरेको थियो ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग उप–आयोजना संचालनको संझौता भएपछि किसानहरुले आफ्नो परम्परागत गोठहरुलाई हटाएर आधुनिक गोठ निर्माण गरेका छन् । उप–आयोजनामा आजिवन कृषि तथा पशुपालन समूहको ३० लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैँकको ३० लाख ऋण र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको ५० लाख रुपैयाँ अनुदान सहयोग रहेको छ ।
दूध, दुग्धजन्य पदार्थ र मासुमा देशलाई आत्मनिर्भर बनाउने मुख्य उदेश्य रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालनपछि चोयाटार कृषि तथा पशुपालन समूहमा आवद्ध १७ परिवार किसानहरुको पुराना गोठ विस्थापन गरि आधुनिक गोठ निर्माण गरिएको छ । उप–आयोजनाबाट ३४ वटा उन्नत जातका गाई खरिद गरिएको थियो ।
परम्परागत रुपमा गाई पालन गर्दै आएका किसानलाई आयोजनाले पशु आहार भण्डारण केन्द्र समेत निर्माण गरिएको थियो । आधुनिक गाईगोठसँगै गोबर मल व्यवस्थापनका लागि १७ किसानका घरमा आधुनिक कम्पोष्ट बिट समेत निर्माण भएको छ । किसानलाई पशुआहार आधुनिक मेसिनबाट कुटि बनाउन च्यापकटर मेसिन हस्तान्तरण गरिएको छ । गोठबाट गोबर मल कम्पोष्ट बिटसम्म सुरक्षित पु¥याउन ह्वीलब्यारो १७ वटा खरिद गरि किसानलाई हस्तान्तरण भई प्रयोगमा आएको हो ।
उन्नत जातको गाई खरिदपछि हरेक किसानका घरमा अहिले दुध उत्पादन समेत वृद्धि भएको छ । किसान परिवारलाई घरमा संकलित दूध सहकारी संस्थासम्म ढुवानीका लागि आयोजनाबाट मिल्क क्यान १७ वटा बितरण गरिएको हो ।

त्यससँगै किसानलाई गाईबाट सिधै दूध संकलन गर्ने बाल्टि ३६ वटा प्रदान गरिएको छ । चोयाटार कृषि तथा पशुपालन समूहमा आवद्ध किसानहरुलाई आयोजनाबाट सुख्खा घास पराल (साइलेस) खरिद गरि हस्तान्तरण भएको हो । त्यससँगै हिउँदे र वर्षातमा रोपिने घाँस खेतीको बिउ वितरण गरिएको छ । आयोजनाबाट गाई दाना खरिद २ सय ६३ क्वीटल भइ वितरण गरिएको थियो ।
आयोजनाले किसानलाई २ दिने असल पशुपालन क्षमता विकास तालिम, व्यक्तिगत सुरक्षाका लागि गम्बुट, एप्रोन, पञ्जा र खोप परजिवी नियन्त्रण गर्न औषधि खरिद गरि हस्तान्तरण गरिएको हो । आयोजनाले आफ्नो काम पारदर्सी बनाउन किसानले बुझ्नेगरि होडिङ्ग बोर्ड र सार्वजनीक सुनुवाई समेत सम्पन्न गरेको थियो । उप आयोजनाबाट ३४ वटा गाईको बिमा गरिनुकासाथै किसानलाई ३४ वटा काउ म्याट वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार