Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगर उद्योग बाणिज्य संघको निर्वाचित कार्यसमितिबाट पदभार ग्रहण

सूर्योदय नगर उद्योग बाणिज्य संघको निर्वाचित कार्यसमितिबाट पदभार ग्रहण

  • लोकल सन्देश
  • आइतबार, फाल्गुन २२ २०७८


सूर्योदय नगर उद्योग बाणिज्य संघको निर्वाचित कार्यसमितिबाट पदभार ग्रहण

सूर्योदय । सूर्योदय नगर उद्योग बाणिज्य संघको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । सुर्योदय नगरपालिका क्षेत्रमा क्रियासिल राजनितिक दल र विभिन्न संघ संस्थामा संस्थाका प्रतिनिधिको उपस्थितिमा पदभार ग्रहण भएको हो ।
सूर्योदय नगर उद्योग बाणिज्य संघ दोस्रो नगर अधिवेशन निर्वाचन समितिको संयोजक डम्बर कटुवालको अध्यक्षतामा भएको पदभार ग्रहण कार्यक्रममा उपस्थित राजनीतिक दलका र संघसंस्थाका प्रतिनिधिले उद्योग बाणिज्य संघको निर्वाचित टिमले सम्पूर्ण व्यवसायीका समस्या समाधानमा सरकारसँग समन्वय गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लेखनाथ खड्काले उद्योगीहरुको समस्या संकलन गरि नगरपालिकासँग निर्वाचित टिमले समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।


फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दुर्गा बरालले संभावनाका हिसावले नगरपालिकामा धेरै भएकाले व्यवसायीका समस्या समाधान गर्नुपर्ने बताए । पर्यटकीय क्षेत्रमा सूर्योदय नगरपालिका घोषणा भएपनि सार्वजनीक शौचालय र फोहोरमैला व्यवस्थापन हुन नसकेकाले नगरको केन्द्र फिक्कल बजार दूर्गन्धित बन्दै गएकाले समाधानका लागि पहल गर्न उद्योग बाणिज्य संघलाई आग्रह गरे । नगर क्षेत्रका साना, मझौला र ठुला उद्योग रहेकाले उनीहरुका समस्याका बारेमा नगर उद्योग बाणिज्य संघले तीनै तहका सरकारसम्म समन्वय गरि समाधान गर्नुपर्ने बताए ।
चियाको राजधानी र पर्यटकीय नगरि रहेको नगर क्षेत्रको विकासका लागि सूर्योदय नगर उद्योग बाणिज्य संघले नगर क्षेत्रका उपभोक्तालाई समेत हेरेर आफ्ना काम गर्नुपर्ने समाजसेवी डिल्लि सुवेदीले बताए । उद्योग व्यवसायीसँगै नगरको उपभोक्ताका समस्या समाधन गर्न पनि बाणिज्य संघ लाग्नुपर्ने सुवेदीले बताए ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी सूर्योदय नगर कमिटीका अध्यक्ष कमल गदालले उद्योग बाणिज्य संघले नगरको विकासका लागि सरकारी निकायसँग समन्वय गरि अर्थतन्त्र विकासका योजनाहरु अघि सार्नु पर्ने बताए । उद्योग बाणिज्य संघलाई मजबुत बनाउन आफ्नो पार्टीले सहयोग गर्ने गदालले बताए । नगर क्षेत्र सुन्दर बनाउन फोहोरमैला व्यवस्थापन र सडक सुरक्षामा उद्योग बाणिज्य संघले पहल गर्नुपर्ने गदालले सुझाव दिए ।


पदभार ग्रहण कार्यक्रममा बोल्दै नेकपा एमालेका सूर्योदय नगर समितिका उपाध्यक्ष भोगेन्द्र कार्कीले सबै उद्योगी व्यवसायीका समस्याहरु समाधानका लागि बाणिज्य संघले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । उद्योग बाणिज्य संघले विगतका आफ्ना कार्यक्रमको समिक्षा गर्दै आगामि दिनमा स्थानीय सरकारसँग समन्वय गरि अघि बढ्नुपर्ने कार्कीले बताए ।
कार्यक्रममा नेपाली काग्रेस सूर्योदय नगर समितिको उप सभापति निर्माला अग्रवालले साना ठुला सबै व्यवसायीको समस्याहरुलाई समाधान गर्ने र उपभोक्तालाई मार्का नपर्ने उपाया खोजि गरि कार्यान्वयन गर्न अबको नेतृत्व सफल हुनुपर्ने बताइन् ।
कार्यक्रममा होटल व्यवसायी प्रदेश एकका सह कोषाध्यक्ष तथा उद्योग बाणिज्य संघका पूर्व महासचिव राजन प्रधानले उद्योग बाणिज्य संघ र स्थानीय सरकारबिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए । स्थानीय सरकारका हरेक कार्यक्रमहरुलाई उद्योग बाणिज्य संघले सहयोग गरेकाले सूर्योदय नगरपालिकाले पनि खुल्ला अर्थनिती अनुसार संघलाई सहयोग गर्नुपर्ने प्रधानले बताए । कार्यक्रममा राष्ट्रिय वन पैदावार व्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्काले उद्योग बाणिज्य संघको नव निर्वाचित पदाधिकारीले आगामि दिनमा सबै व्यवसायीलाई समेटेर अघि बढ्न सुझाव दिए । बाणिज्य संघलाई वन पैदावार व्यवसायी संघले नियमित रुपमा सहयोग गर्ने खड्काले प्रतिवद्धता जायर गरे ।


निर्वाचन समितिका सदस्य हरि लुइटेलले संचालन गरेको कार्यक्रममा निर्वाचन समितिकै सदस्य हरि प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
पदभार ग्रहण पछि उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले सूर्योदय नगरपालिकाको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीका समस्या समाधान गर्दै उपभोक्ताहरुको हितका लागि समेत काम गर्ने बताए ।
नगर उद्योग बाणिज्य संघको अध्यक्षमा प्रमोद राई दोस्रो पटक निर्वाचित भएका हुन् । संघको बरिष्ठ उपाध्यक्षमा सुरेन पौडेल, प्रथम उपाध्यक्षमा प्रज्वल प्रधान, द्धितिय उपाध्यक्षमा पुजन श्रेष्ठ, महासचिवमा तोयानाथ भट्टराई, सचिवमा सुजन तिमल्सिना चयन भएका थिए ।
त्यस्तै संघको कोषाध्यक्षमा दिपेश साह चयन भएका छन् । त्यस्तै सदस्यमा मिना ढकाल दहाल, बिनिता बस्नेत, छिरिङ डोमा यल्मु, गणेश घिमिरे, राजेश कुमार प्रधान, राजु बराल (खेमराज) र पुस्पलाल आचार्य चयन भएका हुन् । १७ सदस्य कार्यसमिति मध्ये एक महिना सदस्य र दुई जना सदस्य बैठकबाट मनोनयन हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार