Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कारितास नेपालद्धारा सन्दकपूर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कारितास नेपालद्धारा सन्दकपूर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • लोकल सन्देश
  • बुधबार, असोज ६ २०७८


कारितास नेपालद्धारा सन्दकपूर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

इलाम । मानब अधिकार संजाल तथा शान्ति कार्य समुह प्याग नेपालको समन्वय र कारितास नेपालको सहयोगमा सन्दकपुर गाउँ पालिकाको लागि स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
बितरित सामाग्रीमाएन ९५ माक्स १ सय ५० वटा, सर्जिकल माक्स ६० वटा, पिपिई सेट ९०, सेनिटाईजर आधा लिटरको ३० वटा ग्लोभ १०, एन्टिजेन्ट कीट १ सय ९५, अक्सोकिटर २० वटा, सक्सन मेसिन १ र नेबुलाईजर ८ वटा रहेका छन् ।
४२ औँ सामाजिक सेवा दिवसको अवसरमा सामाग्री जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र प्रमुख जिल्ला अधिकारी ध्रुब कुमार खड्काले स्वास्थ्य सामग्री सन्दकपुर गा पा का प्रमुख प्रशासकीय अधिकृत महेश राई र स्वास्थ शाखा प्रमुख मनोज कुमार धुरझारलाई हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा प्यागका प्रकाश अधिकारी, कारितास नेपालका गोबिन्दराज कट्टेल, जिसस प्रमुख गणेश बराल र प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले सामाजिक कामको कारितास नेपालको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार