पेल्टिमारी। सेवाको लागि युवा नामक गैर सरकारी संस्थाद्वारा चुलाचुली गाउँ पालिकाको स्वास्थ्य शाखालाई २५ लाख रकम बराबरको विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ। प्राप्त स्वास्थ्य सामग्रीहरूमा एक थान पोर्टेबल एक्सरे मेसिन, एक थान पोर्टेबल भिडियो एक्सरे मेसिन, एक थान ईसिजी मेसिन, पाच थान मोनिटर सेट, सर्जिकल माक्स चालिस बक्स, ह्याण्ड स्यानिटाइजर आठ ग्यालेन, पिपिई सेट पचास थान, ह्याण्ड ग्लोभ बीस बक्स, अक्सिजन मिटर एक थान, थर्मल गन एक थान, अक्सिजन माक्स नजल पन्ध्र थान, एन ९५ मास्क एक सय थान रहेको छ।
यस सस्थाले बिगतमा पनि राहतका विभिन्न सामग्रीहरू उपलब्ध गराएको कुरा स्वास्थ्य प्रमुख दुस्यान्त दाहालले जानकारी गराएका छन्। यो सबै गरी आज सम्म यस संस्थाले चुलाचुलीमा रू २५ लाख बराबरको स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको पनि बताईएको छ। पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाका प्रतिनिधीहरू चुलाचुली मै उपस्थित भएर उक्त सामग्रीहरू गाउँ पालिका प्रमुख प्रदिप चन्द्र राईलाई हस्तान्तरण गरेका थिए।
सेवा क्यानडाको आर्थिक सहयोगमा उक्त सामग्रीहरू पुर्वका विभिन्न जिल्लाहरूमा अत्यावस्यक्तालाई हेरेर वितरण गरिएको कुरा संस्थाका प्रतिनिधी सन्दिप माझीले जानकारी दिएका छन्।चुलाचुलीमा पनि समस्याहरू रहेको बुझेर सामानहरू उपलब्ध गराएको बताएका छन्। कार्यक्रममा संस्थाका तर्फबाट केन्द्रीय सदस्य सन्दिप माझीको नेत्रित्वको टोलीको उपस्थितिमा चुलाचुली गाउँ पालिकाको तर्फबाट अध्यक्ष राई, उपाध्यक्ष निर्मला दाहाल, निमित्त प्रमुख प्रसाशकिय अधिकृत मिलन कुमार भट्टराई, स्वास्थ्य शाखा प्रमुख दाहाल, ईलाम जिल्ला स्वास्थ्य कार्यालय नि। प्रमुख निलेस कुमार ठाकुर लगायत स्थानिय समन्वयकारी भुमिका खेल्ने संस्था सक्रिय युवा युनिट चुलाचुली ४को समूहको पनि उपस्थिति रहेको थियो।
साथै सोही अवसरमा जिल्ला स्वास्थ्य कार्यालय ईलामले पनि सेमि अउटो एनालाईजर र एक हजार थान एन्टिजेन कीट पनि चुलाचुली गाउँ पालिकाको स्वास्थ्य शाखालाई जिल्लाका निमित्त स्वास्थ्य प्रमुख ठाकुर मार्फत प्राप्त भएको कुरा कार्यक्रममा चुलाचुली स्वास्थ्य प्रमुख दाहालले जानकारी दिएका छन्। प्राप्त सामानहरू सम्बन्धित क्षेत्रका विज्ञहरूद्वारा जडान गरेर परिक्षण पछि ढिलोमा एक हप्ता भित्रमा सर्वसाधारणहरूको लागि खुला गरिने कुरा प्रमुख दाहालले जानकारी गराएका छन्। इलाम टाइम्सबाट