Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

असोजसम्म थप १ करोड डोज खोप आउने, चैतसम्म ३ करोड

असोजसम्म थप १ करोड डोज खोप आउने, चैतसम्म ३ करोड

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन ११ २०७८


असोजसम्म थप १ करोड डोज खोप आउने, चैतसम्म ३ करोड

सरकारले असोजसम्म कोरोनाविरुद्धको थप १ करोड डोज खोप ल्याउने भएको छ। सरकारले असोजसम्म थप १ करोड डोज खोप ल्याउने भएको छ। त्यस्तै आगामी चैतसम्म तीन करोड डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संघीय प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त जानकारी दिएका हुन्। उनका अनुसार असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्र आउनेछ। त्यसमा कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख, भदौ पहिलो साता नेपाल आउनेछ भने भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप नेपाल आउनेछ।

त्यस्तै वैदेशिक अनुदानबाट चीन सरकारले दिने १६ लाख डोज खोप साउनकै अन्तिम हप्ता आइसक्ने उनले समितिलाई जानकारी दिए। त्यस्तै खरिद गरेर कोभिसिल्ड खोप भारतबाट ल्याउन बाँकी १० लाख भदौकै दोस्रो साता नेपाल आउनेछ।

यसबाहेक चीनबाट भेरोसेल खोप ६० लाख मात्रा भदौ मसान्तसम्म नेपाल ल्याइनेछ। सचिव अर्यालले असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप ल्याइने बताए।

कोभ्याक्सबाट निःशुल्क १ करोड १३ लाख, कोभ्याक्सबाट लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जानसेन, सिनोभ्याक आदि १ करोड ५० लाख डोज, बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउने उनले बताए।

सरकारले कुल जनसंख्याको ७।२ प्रतिशत पहिलो प्राथमिकतामा रहेका २ करोड १५६ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्षसम्मका ४९ लाख गरी जम्मा २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको छ।

यसअनुसार असोज मसान्तसम्म ३।३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य राखेको सचिव अर्यालले जानकारी दिए।

उनका अनुसार १२ वर्षदेखि माथिका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्रापत गर्ने प्रक्रिया अगाडि बढेको छ।

आइतबारसम्म पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जना ९१५।८ प्रतिशत०, पूर्ण खोप लगाउने १४ लाख ३० हजार ४ सय १६ जना ९६।६ प्रतिशत० रहेका छन्।

हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० मात्रा खोप प्राप्त गरिसकेको छ। त्यसमा कोभ्याक्स सुविधाबाट जम्मा १८ लाख ८२ हजार ८ सय ५० मात्रा प्राप्त भएको छ। यसमा कोभिसिल्ड ३ लाख ४८ हजार, जानसेन १५ लाख ३४ हजार ८ सय ५० डोज समावेश छन्।

त्यस्तै वैदेशिक अनुदानबाट नेपालले २९ लाख डोज खोप प्राप्त गरिसकेको छ। यसमा चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख डोज खोप समावेश रहेको मन्त्रालयले जनाएको छ।

यसबाहेक खरिदबाट जम्मा ५० लाख मात्रा खोप ल्याइएको छ। त्यसमा कोभिसिल्ड भारतबाट १० लाख, भेरोसेल चीनबाट ३२ लाख र शुक्रबार थप ८ लाख प्राप्त हुने क्रममा रहेको मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार