Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रेमिल असार

प्रेमिल असार

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १ २०७८


प्रेमिल असार

झरिहरु झरिरहन्छन्
यादहरु गडिरहन्छन्
गुञ्जनसँगै साउती संगत
मेटाइरहन पाउँदा पनि
हुरहुरी खुल्दुलीले
छियाछिया भइ ढलिदिन्छन्
निर्जिव निरिह झै
पलपल मरिहरँदा पनि
बेइमानहरु अस्त हुन्छन्
छटपटीमा झस्किरहँदा
विरङगी भै निठुर हुन्छन्
मिठा ती दिनहरु विगत हुँदा पनि
सम्झना नी यर्थाथ झै,अनायसै बनिदिन्छन्
कसले भन्यो,झुठा थ्यो भनेर
आफ्नै विगत, हृदय बिझ्ने काँडा हुन्छन्
सदुुर सुन्दर भविष्य हुँदा हुँदै पनि
बाध्यता यो मनको दुनियाँ बुझ्दैनन्

प्रतिक्रिया
सम्बन्धित समाचार