Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

२४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु, ८ हजार ९ सय ७० जनामा संक्रमण पुष्टि

२४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु, ८ हजार ९ सय ७० जनामा संक्रमण पुष्टि

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख २३ २०७८

२४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु, ८ हजार ९ सय ७० जनामा संक्रमण पुष्टि

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी ५४ जनाको मृत्यु भएको हो । हालसम्म मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

यस्तै सोही अवधिमा देशभरका प्रयोगशालामा गरिएको २० हजार ३ सय ६७ पीसीआर परीक्षणबाट ८ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार