Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कोरोना खोप धमाधम (फोटो फिचर )

इलाममा कोरोना खोप धमाधम (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • सोमबार, चैत्र २ २०७७


इलाममा कोरोना खोप धमाधम (फोटो फिचर )

इलाम । इलाममा कोरोना रोग विरुद्धको खोप लगाउन कामले तिब्रता पाएको छ । स्वास्थ्य कार्यालय इलामले इलामका सबै स्थानीय तहमा प्रथामिकताका आधारमा कारोना रोग विरुद्धको खोप लगाउने काम गर्दै आएको छ ।


स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर विष्णु वोस्तिका अनुसार इलाममा प्रथम चरणको खोप लगाउन काम सम्पन्न भई अहिले दोस्रो चरणको खोप लगाउने काम भइरहेको छ । इलामा प्रथम चरणको पहिलो समुहमा १ हजार ४ सय ६५ जानामा खोप लगाइएको थियो । पहिलो चरणको दास्रो समूह अन्तरगत २ हजार ६० जनालाई खोप लगाइएको थियो । कोरोना रोग विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरणको खोप लगाउने कार्यक्रम अहिले चलिरहेको छ । कारोना रोग विरुद्धको खोप अभियान फागुन १६ बाट शुरु भएको थियो ।


जस अन्तरगत स्वास्थ्य कार्यालय मार्फत जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट फागुन २३ गते एक हजार ३ सय २२, २४ गते २ हजार १ सय ३२, २५ गते २ हजार ८ सय ९५ र २६ गते ३ हजार १ सय २७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।


यस्तै फागुन २७ गते २ हजार ३६, २८ गते १ हजार ४ सय ८६, २९ गेत ४ सय ५८ र चैत्र १ गते १ हजार ५९ जनाले खोप लगाएका छन् । त्यस्तै चैत्र २ गते माई नगरपालिकामा ८५, सूर्योदय नगरपालिकामा १ सय ११, देउमाई नगरपालिकामा २०, चुलाचुली गाउँपालिकामा ३ सय ३०, रोङ गाउँपालिमा ७२ र सन्दकपुर गाउँपालिकामा २२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए । दोस्रो चरणको खोप अभियान अन्तरगत १५ हजार एक सय ५५ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार