समाल्बुङ । इलामको सूर्योदय नगरपालिका ५ मा आधारभूत स्वास्थ्य चौकी निर्माणकोे शिलान्यास भएको छ । स्वास्थ्य चौकी भवनको सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईले शिलान्यास गरेका थिए ।
त्यस्तै जेष्ठ नागरीक र महिलाहरूको निम्ति नगरपालिकाको विनियोजित बजेटबाट स्वास्थ्य शिविरको समेत सम्पनन भएको छ ।
PAP Smear Test , VIA Test र पाठेघर सम्वन्धी आग खस्नेहरूको जानकारी दिन स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । निशुल्क औषधिको व्यवस्था गरिएको स्वास्थ्य शिविरमा डा.ममता धिरैया, डा.सरोज दर्नाल र डा. धनराज यादवले सेवा प्रदान गरेका थिए ।
महिलाहरूको पाठेघरको मुखको क्यान्सर सम्वन्धी जानकारी पाउन र यसबाट बच्न सकिन्छ भन्ने बारेमा शिविरमा जानकारी प्रदान गरिएको थियो