गाह्रो पर्यो ठम्याउन डुब्लिकेट पो होकि ?
शंका लाग्छ बिचौलिया पसेको कि ?
भक्खर मुहार पुस्तिकामा गफ गरे झै लाग्छ
लगन गाँठो अन्तर कस्ने हो कि डर लाग्छ।
बसन्तको बगैँचाले सजाएकि हो कि ?
यौवनको सुगन्धले लजाएकी हो कि ?
हाउभाउ कटाक्ष र मुस्कनका गोलि
नजरका बन्दुकले हान्छ आखा खोली।
तन हेर्दा रूवा जस्तै हल्का सेती गोरी
मन हेर्दा ढुङ्गा फलाम पत्थर जस्तै होली।
कुरा गर्दा चन्द्रमा नै छोए जस्तै लाग्छ
मुहार हेर्दा मनमा विद्युत चम्के जस्तै लाग्छ।
जिब्रोबाट झरना झै जादू देखाउँछे
भावनाको कुना कुना गंगा बगाउँछे
हृदयको सागरभित्र जहाजमा लान्छे
बचनका चुम्बकले फलाम जस्तै तान्छे।
चङ्गा जस्तै संझिएछु छुरा जस्तै मोरी
मेरो निद्रा चोरी चोरी उसको याद भरी।
चाकाबाट मह चुहे जस्तै ओठ लाग्छ
महकाडि हात चाटौ चाटौ जस्तो लाग्छ।
जालो जस्तै लपेटेको एकबित्ताको टालो
लुकिलुकि हेर्छन् आँखा झट्टै करेन्ट लाग्यो।
एक्छिन् हरे संगै बसौ बसौ जस्तो लाग्यो
खतराको साइरन हो कि ? भागौ भागौ लाग्यो।