Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘देशको माया’

‘देशको माया’

  • मंगेश बस्नेत
  • बुधबार, पौस २२ २०७७


‘देशको माया’

मेची तिमी वगीरहँदा
महाकाली तिमी नरुक्नु है
दक्षिण तिमी दुख्दा खेरी
सगरमाथा तिमी झुकी झुकी नरुनु है ।

हिलेभञ्ज्याङ्ग तिम्रो अस्मिता लुटिरहँदा
टनकपुर तिमी चुपचाप नवस्नु है
महेशपुर तिम्रो जंगे पिलर गायव हुँदा
काँस्की तिमी पिर नमानी
आनन्दले नसुत्नु है
सुस्ता तिमी बल्झी बल्झी दुख्दा खेरी
सगरमाथा तिमी झुकी झुकी नरुनु है ।।

लिपुलेक तिम्रो छातीमा
अन्जान पाउले टेकी रहँदा
ताप्लेजुङ्ग तिमी मौन नवस्नु है
कालापानी तिमी आँशु झारी झोक्री रहँदा
झापा तिमी आनन्द विभोर नहुनु है
समग्रमा देशै बल्झी बल्झी दुख्दा खेरी
सगरमाथा तिमी झुकी झुकी नरुनु है ।।।

प्रतिक्रिया
सम्बन्धित समाचार