मेची तिमी वगीरहँदा
महाकाली तिमी नरुक्नु है
दक्षिण तिमी दुख्दा खेरी
सगरमाथा तिमी झुकी झुकी नरुनु है ।
हिलेभञ्ज्याङ्ग तिम्रो अस्मिता लुटिरहँदा
टनकपुर तिमी चुपचाप नवस्नु है
महेशपुर तिम्रो जंगे पिलर गायव हुँदा
काँस्की तिमी पिर नमानी
आनन्दले नसुत्नु है
सुस्ता तिमी बल्झी बल्झी दुख्दा खेरी
सगरमाथा तिमी झुकी झुकी नरुनु है ।।
लिपुलेक तिम्रो छातीमा
अन्जान पाउले टेकी रहँदा
ताप्लेजुङ्ग तिमी मौन नवस्नु है
कालापानी तिमी आँशु झारी झोक्री रहँदा
झापा तिमी आनन्द विभोर नहुनु है
समग्रमा देशै बल्झी बल्झी दुख्दा खेरी
सगरमाथा तिमी झुकी झुकी नरुनु है ।।।