यति बेला विश्व नै कोभिड–१९ कोरोना भाइरसको विरुद्ध लडिरहेको छ । समयको विभिन्न कालखण्डहरुमा यो र यस्तै विभिन्न खाले महामारीहरुले विक्षुप्त एवम आक्रान्त बनाउँदै विश्व मानवजातिलाई नै चुनौतीको पहाडहरु खडा गरेको पाइन्छ । यस्ता खाले महामारीहरुले केवल मानव मात्रको क्षति गरिरहेको छैन् । यसले त मानव अस्तित्वमाथि नै गम्भिर प्रश्नहरु गरिरहेको छ । यस्तै यस्तै महामारीहरुको लगातार सामना गर्ने हो भने विश्व व्यवस्था माथि नै ठुलो प्रश्न खडा हुने देखिन्छ । संगै यस्ता खाले महामारीहरुले विभिन्न राज्य व्यवस्था सरकारको नेतृत्व माथि पनि दृष्टिकोणहरु निर्माण भएका छन् ।
जसरी महामारीहरु अनिश्चित हुन्छन् । त्यसरी नै यो आदिमकालिन ढंगले उत्पन्न एवं फैलावट पनि हुँदो रहेछ । अपत्यारिलो किसिमले महामारीहरुले मानव समुदायमा प्रभाव पारिरहेको छ । यदपी नेपालको सन्र्दभमा महामारीको थोरै भएपनि सुसुचित हुने र पुर्व तयारी गर्ने गरिकन आक्रमणको अवस्था थियो । जसले गर्दा नेपालले अन्य देशहरुले जस्तो यसको क्षति र प्रभाव व्यर्होनु परेको छैन् । तर यो तयारी पर्याप्त र जुन अनुमान साथ गरिनुप¥थ्यो त्यो हुन सकेन् ।
यसबिचमा थुप्रै जनगुनासाहरु टिकाटिप्पणीहरु विश्लेषणहरु नउठेको पनि हैन् ।
तिनैका जग र दृष्टान्तबाट भन्न सकिन्छ । कि नेपालमा कोरोना भाइरस नियन्त्रणमा नागरिक स्तरबाट भन्दा सरकारी स्तर खास गरिकन तीनै तहको सरकार तिनका कामकारबाही गर्न तौर तरिका प्रवृति र उद्धासिन्ताको परिणाम नेपाल जनता पनि क्षति मार एवम सास्ती भोग्न बाध्य छन् । शक्ति सम्पन्न पुँजीवादी राष्ट्र कहलिएका देशहरुले यसरी यसको कठोर त गरिरहेका छन् तथापि हाम्रो देशको अवस्था गर्न सकिने काम र तिनको उच्चतम व्यवस्थापकिय कुराहरुलाई हेर्ने हो भने हामीसंग भएका स्रोत र साधनलाई जसरी परिचालन तथा उपयोग गर्न सकिने हो ।
त्यही संयोजनमा सम्पादनमै हामी गम्भिर ढंगले चुक्यौ । यसले हाम्रो सरकार र नेतृत्वमाथि आम नागरिकको औलो ठाडो पारिदिएको छ । करिब १२ अर्ब रकम राज्यको ढुकुटीबाट रित्तिएको छ । तिनको कार्यक्षमता परिणाममुखी हुँदो हो त सवै वाहि वाहि ग¥थे । तर विपरित ढंगबाट अर्थात खास परिणाममुखी देखिदैन् । सिसिएमसी मार्फत भएका गरिएका कयौ कार्य सम्पादन माथि पनि स्थानीय स्तरबाटै जनगुनासोहरु स्थापित भएका छन् । हामीसँग भएको स्रोतलाई अधिकतम उपयोगिताको सिद्धान्त अनुरुप परिचालन मात्रै गरिएको हो भने पनि जनस्तरमा उठेका राहतको सन्र्दभमा बिषय देखि लिएर गाउँ गाउँमा सिंहदरबार भन्ने नाराको केही अंश भएपनि प्रत्याभुती एवम स्थापनामा बल पुग्ने थियो । तर त्यसको प्रभावकारी एवम जनउदारबादी पक्ष अत्यन्त कमजोर देखियो ।
गणतन्त्र जसले सृजित गरेको नेपाली संघियता र त्यसबाट बनेको स्थानीय सरकार साथै सिसिएमसी नाम संयन्त्र वा कार्यदलको कुरा गर्ने हो भने मुख्य गरिकन विज्ञप्तीबाजि गर्ने कागजी बाघ जस्तै देखिन्छ । मुलभुत रुपमा जनताहरु यति विघ्न अवुझ र असमझदार पनि छैनन् । तर एउटा उक्ति छ मरो की कुच करो भन्ने ठ्याक्कै जनता त्यही स्थितिबाट गुज्रिरहेका छन् । भन्नुको तात्पर्य जनतालाई निषेधाज्ञा, लकडाउन, सटडाउन र सिलबन्दी उदि जारी गरिएको कागज मात्रैले हुँदैन् । साच्चै त्यो कागजलाई निर्दिष्ट गरिए अनुरुप कार्यान्वयन गरि सफलता पनि प्राप्त गर्ने हो भने खास ढंगले नितिहरु अख्तियार हुन आवश्यक छ ।
अहिले जनताको आर्थिक क्रियाकलापहरु ठप्प बनेको छ । तिनको बारे ठोस राष्ट्रिय नीति कार्यक्रम हुनुपर्छ । जनताहरु रोगले मर्न तयार छन् । तर भोकले मर्न तयार छैनन् र हुँदैनन् । भन्ने कुरालाई हेक्का राख्दै सोही अनुरुप नीति कार्यक्रमहरु अवलम्बन गरिनुपर्छ । कोरोना कहरको प्रभाव शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक, मनोबैज्ञानिक एवं राजनितिक रुपमा समेत रहने हुँदा यी सबै बहुआयामिक बिषयमा गम्भिरता पुर्वक मनन् बोध र तिनको बिचबाट उपजहरु तयार भई आवश्यक कार्यान्वयन हुन जरुरी छ ।
यसो हुन सकेको स्थितिमा महामारीको प्रतिरक्षा गर्ने कुरामा सरकारको सफलता जवरजस्त भएपनि आम नागरिक माझ पुष्टि हुन्छ नै । संगै गणतन्त्र, संघियता र स्थानीय सरकारहरुको औचित्य र सान्र्दभिकता पनि छर्लङग हुने थियो । निश्चय पनि महामारीहरु अकल्पनिय त हुन्छन् नै । संगै यो चुनौती र अवसर संग पनि अन्तर सम्बन्धित हुन्छन् । जसलाई बुझ्ने, ग्रहण गर्ने र त्यसको उपयुक्त समाधान र उच्चतम व्यवस्थापकिय पक्षहरुमा बिशेष क्षमता प्रर्दशनको साथै अघि बढ्ने हो भने यो त केबल चुनौती फगत नभएर सुवर्ण अवसर र नीति तथा नेतृत्वलाई स्थापित गर्ने ऐतिहासिक एपिसोड बन्न सक्छ ।
त्यतातर्फ क्रियाशिल हुन सविनय आग्रह गर्दै जनताको जीवन र मानव जगतलाई बचाउनका लागि सम्पुर्ण हिसाबले जागरुकतापुर्वक उद्धत बनौ । यसवेला कुनै पनि किसिमको आग्रह पूर्वाग्रहलाई स्थगन गरेर भोलिको सुन्दर विश्व र मानव जगतका निम्ति बैरभावीहरुसंग समेत मित्रता कायम गर्दै सिद्धान्त र व्यवहारमा एकरुपताका साथ अघि बढौ । किनकी अहिले कम्युनिष्ट सरकार छ । अत : महामारीको अत्य निश्चित छ । तर मानव जगतको अन्त्य असम्भव छ । त्यसैले अल्पकालिन, अन्धो, केही उपकार नसुन्ने÷नमान्ने महामारीलाई अहिले परास्त गरौ । यो नै अहिलेको महाजय हुनेछ । अरु काम कुरा तपशिल गरौला ।
लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्दकपुर गाउँपालिका कमिटि सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज हुन् ।