Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मन लोभ्याउने पानीटार

मन लोभ्याउने पानीटार

  • लोकल सन्देश
  • बिहिबार, बैशाख २८ २०७४


मन लोभ्याउने पानीटार

 

 

इलाम । लोकगायक देवी गौतमले पानीटारको मनमोहक चियाबारीलाई समाटेर गीत नै बनाए । थुम्काथुम्कामा मौलाएको रमणीय चियाबारीले मन छोएपछि धेरैको भावना पग्लने गरेको छ । प्राकृतिक सौन्दर्यको आनन्द लिने धेरैले पानीटार यात्रा गर्ने गरेका छन् । सदरमुकामवाट २५ किलोमिटर पश्चिममा रहेको पानीटार चिया बगानमा मात्र सिमित छैन । त्यहा“ रहेका पोखरी र देविस्थान, खेलमैदान र दृष्यावलोकनले पनि आगन्तुकलाई भुलाउछ । मंगलवारे र साङरुम्बाको सीमामा पर्ने पानाीटारको भौतिक विकासमा स्थानीयवासी जुटेका छन् । पहिले भुल्केपानी यो स्थानलाई पछि पानीटार भनिएको गौतम बताउछन् । ‘आर्कषक पर्यटकीय केन्द्र बन्ने संभावना बोकेको पानीटारलाई प्रचारमा ल्याउन अझै सकिएको छैन,’ उनले भने, ‘यहा“को प्राकृतिक सौन्दर्यताले नै पुग्ने जोकाहीलाई दोहोरियाएर जान मन लाग्छ ।
स्थानीयले मेची पहाडी क्षेत्र पर्यटन विकास समितिको सहयोगमा पोखरी र बगैचा निर्माण गरेका छन् । त्यस्तै आगन्तुकको संख्या थपिदै गएपछि त्यहा“ खानेबस्नेको व्यवस्थापन पनि राम्रो भएको छ । चिया तथा कफी विकास वोर्डले चिया विस्तार योजनाको कार्यालय राखेर काम थालेपछि त्यहा“का डा“डाका“डा चियावारीको हिरियोले सजिएका हुन् । पानीटारका डा“डाका“डावाट जिल्लाका विभिन्न स्थानस“गै तराईका फा“टसमेत देख्न सकिन्छ । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्ष्ँेत्र महत्वपूर्ण छ ।
जिल्लामा पर्यटन विकासको लहर चलेस“गै यहा“का बासिन्दा पनि पर्यटक तान्न कस्सिएका हुन् । पानीटार आशपासका क्षेत्र पनि रमणिय प्राकृतिक सौन्दर्यले सजिएका छन् । सिद्धिथुम्काडा“डा, अजम्बरे डा“डा, जीतपुरको झ्याउपोखरी जस्ता पर्यटकीय क्षेत्र पनि नजिकै रहेका छन् । ‘यस क्षेत्रका सवै पर्यटन केन्द्रलाई एकिकृत रुपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्छ,’ स्थानीय युवराज घोर्साइले भने, ‘स्थानीयले पर्यटन विकासका लागि थालेको अभियानमा सरोकारवालाको ध्यान जान जरुरी छ ।’
पानीटारको चियाबारी भित्र ठाउ“ठाउ“मा बस्ने र रमाइलो गर्ने स्थानहरु निर्माण गरिएको छ । त्यस क्ष्ँेत्रमा बनभोजका लागि पनि टाढाटाढावाट आउने गरेको स्थानीयवासी वताउछन् । मौसम खुलेको बेला त्यहा“को घुमघाम लाभदायक हुन्छ । असोजदेखि बैशाखसम्म त्यहा“ पुग्न सहज मोटर यातायातको व्यवस्था हुने र मौसम पनि खुल्ने भएकाले घुमघामका लागि पर्यटक पुग्छन् । सदरमुकामवाट नेपालटार हुदै गाग्रेभञ्ज्याङवाट ओरालोे झरेपछि त्यहा“ पुग्न सकिन्छ । मंगलावारे जाने सडक कालोपत्रे हुदै गरेकाले निर्माण पुरा भएपछि पानीटारको यात्रा थप सहज हुने स्थानीय अर्जुन पोख्रेल वताउछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार