Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उत्पादनले मुल्य नपाउँदा सधै किसान मारमा

उत्पादनले मुल्य नपाउँदा सधै किसान मारमा

  • लोकल सन्देश
  • शनिबार, साउन २१ २०७४


उत्पादनले मुल्य नपाउँदा सधै किसान मारमा

इलामः आधुनिक औजार, समय सुहाउँदो विउविजन र प्राविधिकको समस्या भएका कारण जिल्लाका किसानले उत्पादन गरेका वस्तुले उचित मुल्य पाउन सकेका छैन्न । कृषि क्षेत्र सवलिकरणका लागी बर्षेनी करोडौ रुपैया बजेट विनियोजना हुने गरेपनि किसानका समस्या भने जस्ता तस्तै हुने गरेको छ ।

जिल्ला सहकारी संघ इलामको आयोजनामा सरोकारवालाहरुसँगको उन्नती परियोजना परिचयात्मक कार्यक्रमका सहभागीले कृषि क्षेत्रमा विनियोजना गरिएको बजेटको सही सदुपयोग नहुँदा नेपालको कृषि क्षेत्रले सवल बन्न नसकेको औल्याए । इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले कृषि उपज आयात तथा निर्यात हुने छिमेकी देश भारतबाट आयातित नीति स्पस्ट नभएका कारण पनि समस्या हुने गरेको वताए । उनले भने –‘हामीले छिमेकी परिवर्तन गर्न सक्दैनौ तर बानी ब्यवहार भने परिवर्तन गर्न सक्छौँ ।’ उनले एक देशसँग राम्रो ब्यापार नभए त्यसको विकल्प खोजिनु पर्ने धारणा राखेका थिए ।

स्थानिय विकास अधिकारी ध्रुवबहादुर खड्काले किसान तथा ब्यवसायीहरुविचको सहकार्यको अभावले कृषि क्षेत्र फस्टाउन नसकेको बताए । उनले सवै क्षेत्र मिलेर अघि वढ्न सके कृषि क्षेत्रले लामो फडको मार्ने धारणा राखे । जिल्ला सहकारी संघ इलामका अध्यक्ष नरेन्द्र भट्टराईले परियोजना जिल्लाकै किसानको हितका लागि ल्याइएको वताउँदै परियोजना सफल बनाउन जिल्लावासीको सहयोग आवश्यक रहेको वताएका थिए । पत्रकार विजयशेखर भट्टराईले किसानका समस्या समयमा समाधान नभएकै कारण विस्थापित हुनु पर्ने स्थिती आएको भन्दै समस्या समाधानमा सम्वन्धित पक्ष लाग्नु पर्नेका जोड दिए ।

डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नती परियोजना अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को साझेदारीमा जिल्ला सहकारी संघले एघार महिने परियोजना सञ्चालन गर्न लागेको छ । सोहि कार्यक्रमको ब्यवसायमा जवाफदेयीताको बारेमा सवै सरोकारवाला निकायहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको छ । संघले अदुवाका क्षेत्रमा काम गर्ने भएकाले जिल्लाका अदुवा किसानमा समस्या समाधान हुने सरोकारवाला निकायले आशा राखेको छ । गत असारबाट सुरु भएको परियोजना आगामी जेठ महिनामा सम्पन्न हुने कार्यक्रम संयोजक भेषराज भट्टराई (राजिव) ले वताए ।

परियोजना सञ्चालनका लागि ३२ लाख रुपैया खर्च हुनेछ । जिल्लाका सवै स्थानिय तहमा परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन हुने ब्यवस्थापक कमल न्यौपानेले बताए । उत्पादन र पेशागत सुरक्षा गरि सात÷सात वटा कार्यक्रम सञ्चालन गरिने वताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार