Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विशेषज्ञ डाक्टर नहुँदा इलाम अस्पतालको सेवा प्रभावित

विशेषज्ञ डाक्टर नहुँदा इलाम अस्पतालको सेवा प्रभावित

  • नमीन ढकाल
  • बिहिबार, बैशाख २८ २०७४


विशेषज्ञ डाक्टर नहुँदा इलाम अस्पतालको सेवा प्रभावित

इलाम शान्तिडाँडाका विर्ख लिम्वुको छोरीलाई एपेन्डीसाईडको लक्षण देखिएको डाक्टरहरुले भनेपछि जिल्ला बाहिरका अस्पतालमा उपचार गराउन बाध्य भए । इलाम अस्पतालमा एपेन्डिसाइडको उपचार सेवा नभएपछि विर्खले छोरीलाई उपचारको लागी बाहिर लग्नु बाध्यता हो ।
सदरमुकाम इलाम बजारमा ५० शैय्याको जिल्ला अस्पताल भएपनि पर्याप्त चिकित्सक नहुँदा इलाम अस्पताल रिफर सेन्टरको रुपमा विकास हुने खतरा बढेको छ । बिशेषज्ञ सेवा नहुँदा अधिकांस विरामी अहिले पनि झापाका महँगा अस्पतालमा जान बाध्य छन् । पुर्वी पहाडी जिल्लाका लागि भौतीक पुर्वाधारले व्यवस्थीत मानिने इलाम अस्पतालमा सरकारले विशेषज्ञ डाक्टर पठाउन नसक्दा विरामीहरु झापा तथा भारतिय सहरका अस्पतालमा महंगो शुल्क तिरेर उपचार गर्न वाध्य भएका हुन । सरकारले इलाम अस्पताललाई ५० शैय्याको बनाए सँगै ९ विशेषज्ञ डाक्टर सहित १५ जना डाक्टरको दरबन्दी तोकेपनि अहिले १ जना विशेषज्ञ र ३ जना डाक्टरले सेवा दिइरहेका छन । इलाम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु शाह मात्र विशेषज्ञ हुन ।

महिनामा ३५ जना प्रसुती महिलाको शल्यक्रिया गर्नुपर्ने भएपनि इलाममा व्लड बैक नभएकाले रगतको अभावका कारण कतिपय विरामीलाई सेवा दिन नसकेको डा शाहले बताए । उनले भने ‘विमारीहरुले विशेषज्ञ डाक्टर खोज्ने भएकाले धेरै विमारीहरु रिफर गनुपर्ने वाध्यता रहेको छ ’ । पछिल्लो समयमा पाँचथर र ताप्लेजुङ्गका अस्पतालनमा उपचार हुन नसकेका विरामीको रिर्फर सेन्टर बन्दै गएको इलाम अस्पतालमा डिजिटल रेडियोग्राफिको समेत अभाव रहेको शाहले बताए । इलाममा मुखको क्यान्सरको समस्या देखिएको र महिनामा ५ भन्दा बढि विरामीको जाँच गर्नुपर्ने भएपनि नजिकमा जाँच सेन्टर नभएकाले समस्या भएको मेसु डा शाहले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरहरुको योगदानको मुल्याङकन गर्न नसक्दा अस्पतालले विशेषज्ञ सेवाको अभाव भएको बताए । उनले भने ‘ करोडै खर्च गरेर पढेका डाक्टरले एम.डी सकेर आएपनि उस्को जिवन निवार्ह हुन नसक्ने तलब सरकारले दिएको हुन्छ । हाल जिल्लामा २०÷२५ हजारमा सेवा दिनुपरेको छ । लगानी,सेवा र परिवारलाई गर्नुपर्ने पालनपोषण लगायत सम्पुर्ण कुरालाई हेर्दा स्वास्थ्य क्षेत्रमा डाक्टरलाई दिनुपर्ने सेवामा सरकारले पुर्नविचर गर्नुपर्छ अर्थात निर्वाहमुखी सेवा सुविधा भएमात्र अस्पतालमा सेवाग्राही दिन सक्छ ’ । २ सय किलोमिटर भन्दा बढि पहाडी बाटो भएको ताप्लेजुङ देखीका बिरामीहरुलाई सेवा दिनुपर्ने भएकाले इलाम अस्पतालमा विशेषज्ञ डाक्टरको चाडै पदुपर्ती हुनुपर्ने थापाले बताए ।

चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर भोलामान श्रेष्ठले देशभर ५ सय बढी विशेषज्ञ डाक्टरको आवश्यकता रहेकाले ३ बर्ष भित्रमा डाक्टरको समस्या समाधानका लागी प्रयास भइरहेको बताए । उनले जनशक्ति र सामग्री उपलव्ध गराउने समेत जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार