Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्व प्रधानमन्त्री खनालद्धारा इलामका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

पूर्व प्रधानमन्त्री खनालद्धारा इलामका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

  • सन्देश सम्बाददाता
  • बुधबार, बैशाख २४ २०७७

पूर्व प्रधानमन्त्री खनालद्धारा इलामका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कोरोना रोग विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । इलाम क्षेत्र नम्बर एकका संघीय सासंद समेत रहेका खनालले जिल्ला समन्वय समिति इलामले पाउने गरि हस्तान्तरण गरेका हुन् ।
खनालले स्वास्थ्य सामग्री जिल्ला समन्वय समिति इलामले पाउने गरि काठमाडौँमा बस्दै आएका नेकपा कार्यकर्ता मनिस लिम्बु र कुनाल राईलाई हस्तान्तरण गरेका हुन् । खनालले थर्मगन, सेनिटाइजर, सर्जिकल माक्स, एन ९५ माक्स र पि पि ई सेट हस्तान्तरण गरेको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । स्वास्थ्य सामग्री इलामका १० वटा स्थानीय तहमा वितरण गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार