Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका र फाकफोकथुममा ५८ जनाको आर डि टी टेष्ट

इलाम नगरपालिका र फाकफोकथुममा ५८ जनाको आर डि टी टेष्ट

  • लिला सुब्बा
  • सोमबार, बैशाख ८ २०७७


इलाम नगरपालिका र फाकफोकथुममा ५८ जनाको आर डि टी टेष्ट

फाकफोकथुम । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको कार्यक्रम अन्तरगत फाकफोकथुममा होमक्वारेन्टाइनमा रहेका ४३ जनाको सोमबार्र यापिड टेस्ट गरिएको छ ।

गाउँपालिका स्थित आमचोकमा जिल्ला अस्पताल इलामबाट आएका दुई जना स्वस्थकर्मीद्वारा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कर्यालय इलामका विमल बरालले बताए ।

विभिन्न मुलुकबाट चैत्र महिना भित्र आई होम क्वारेन्टाइनमा रहेका ९ महिला र ३४ पुरुष गरि जम्मा ४३ जनाको रिपोर्ट नेगेटिभ देखिए पछि सुरक्षित साथ आफ्नो घरमा फर्काइएको गाउँपालिका अध्यक्ष राम श्रेष्ठले बताए । त्यस्तै इलाम नगरपालिका ५,६, ८, ९ वडामा १५ जनाको टेष्ट गरिएको थियो । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएको छ । हामसम्म अहिलेसम्म आर डि टि टेष्ट २ सय ७ जनाको गरिसकिएको छ ।


अहिलेको विश्वव्यापी साझा समस्य कोरोना संक्रमणबाट सबै सुरक्षित रहन गाउँपालिकाले आग्रह गर्दै चेतनामुलक कार्यक्रम गर्दै आएको छ । गाउँपालिकाबासी सबैको जीवन रक्षाको लागि गर्नु पर्ने कर्तव्य प्रति गाउँपालिका सचेत भएर काम गर्दै आएको गाउँपालिका उपाध्यक्ष सरस्वती राईले बताइन् ।
कुनै नयाँ मानिस अन्यत्र ठाँउबाट गाउँपालिका भित्रिएमा उनीहरुको विवरण संकलन गरि गाउँपालिकाले होम क्वारेन्टाइन तथा संस्थागत क्वारेन्टाइनमा राख्ने काम गर्दै आएको छ । महामारीबाट जोगिन जनस्तरमा प्रभावकारी कार्यक्रमहरु निरन्तर संचालन गरिरहेको उपाध्यक्ष राईले बताइन् । गाउँपालिकाले २० जना क्षमताको संस्थागत क्वारेन्टाइन स्थल निर्माण गरेपनि हाल ५० जना रहन सक्ने गरि क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ । ।
लकडाउन चलिरहेका बेला गाउँपालिकामा रहेका अति विपन्न परिवारको सहयोगका लागि बैशाख ११ गते देखि राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गर्ने तयारी गरेको छ । त्यसका लागि पालिकाको राहत कोषमा साढे ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो बजेटबाट पहिलो चरण सात सय २० घरधुरिलाई बैशाख १४ गते भित्रमा राहात वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार