Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लकडाउन लम्बिने पक्का, दिन मन्त्रिपरिषदले तोक्ने

लकडाउन लम्बिने पक्का, दिन मन्त्रिपरिषदले तोक्ने

  • सन्देश सम्बाददाता
  • आइतबार, चैत्र १६ २०७६


लकडाउन लम्बिने पक्का, दिन मन्त्रिपरिषदले तोक्ने

काठमाडौं । सरकारले लकडाउनको अबधि थप थप गर्ने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको हो । बैठकले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । आइतबार नै मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णयपछि लकडाउन थप हुनेछ । सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै क्षेत्रमा लकडाउन घोषणा गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन एक थप गर्न सिफारिस गर्ने निर्णय गरेको समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो । कोभिड९१९ का संक्रमित फेला पर्ने क्रम बढेकाले यसको जोखिम झन् बढेको आकलनसहित बन्दाबन्दीको अवधि बढाउन लागिएको हो। बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको छ। यस्तै बैठकले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।
बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णयसमेत गरेको हो । संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार