Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्वास्थ्य जिवन कार्यक्रम र स्वास्थ्य शिविर शान्तिपूरमा सम्पन्न

स्वास्थ्य जिवन कार्यक्रम र स्वास्थ्य शिविर शान्तिपूरमा सम्पन्न

  • सन्देश सम्बाददाता
  • आइतबार, माघ २६ २०७६


स्वास्थ्य जिवन कार्यक्रम र स्वास्थ्य शिविर शान्तिपूरमा सम्पन्न

शान्तिपूर । स्वास्थ्य जिवन कार्यक्रम र स्वास्थ्य शिविर शान्तिपूरमा सम्पन्न भएको छ । मेची अञ्चल आयुर्वेद औषधालयको आयोजनामा भएको दुई दिने स्वास्थ्य शिविर रोङ गाउँपालिका स्थित शान्तिपूरमा सम्पन्न भएको हो ।


कार्यक्रममा स्वास्थ्य सम्बन्धि अन्तर विद्यालय चित्रकला, वक्तृत्वकला प्रतियोगिता, स्थानीयको सुगर र प्रेशर परीक्षण, स्वास्थ्य रहन आवश्यक डाइट चार्ट प्रदानसँगै निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा स्वास्थ्य प्रवद्र्धन सम्बन्धि विभिन्न परामर्श तथा आयुर्वेद स्वास्थ्य शिविर सहित सम्पन्न गरिएको औषधालयका प्रमुख तिर्थ आर्चायले बताए ।


रोङ गाउपालिका वडा नम्बर १ शान्तिपुरको टुङ्नेमा ४ सय ४८ जना स्थानीयको स्वास्थ्य परिक्षण गरि स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको हो । स्वास्थ्य जिवनयापनबारे आयोजित चित्रकला प्रतियोगितामा सान्तिपूर माध्यमिक विद्यायका प्रविन राई र वक्तृत्वकला प्रतियोगितामा ज्योती आधारभुत विद्यालयको सुमिरा सिवाकोटी पुरस्कृत भएका थिए । चित्रकला प्रतियोगितामा चेतनामुलक चित्र र वक्तृत्वकलामा स्वास्थ्य नागरिक सम्वृद्ध राष्ट्र बारेमा गरिएको थियो ।


वडाध्यक्ष वुद्धि ढकालले उद्घाटन गरेको कार्यक्रममा मेची अञ्चल आयुर्वेद औषधालयका डाक्टर रुपेश स्वानाम सहितको टोलीले स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार