गोदक । इलामको गोदकमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इलाम नगरपालिकाको आयोजना तथा करुणा फाउन्डेसन इलाम साथै इलाम अस्पताल र औषधि व्यवसायी संघ इलामको प्राविधिक सहयोगमा इलाम नगरपालिका १० गोदकमा स्वास्थ्य शिविर समम्पन्न भएको हो ।
लेप्चा जातिको बसोबास रहेको क्षेत्रलाई प्राथमिकतामा राखी नारायण आधारभूत बिद्यालयमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । वडाअध्यक्ष रोम बहदुर लुङ्गेली मगरको अध्यक्षतामा भएको शिविरको उद्घाटन नगर प्रमुख महेश बस्नेतले गरेका भिए ।
कार्यक्रममा नगर उपप्रमुख सुसिला सुब्बा, नगरकार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । शिविरमा इलाम सूर्याेदय र माई नगरपालिक क्षेत्रका ५ सय ७३ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
जसमध्ये १ सय ६२ जना पुरुष र ४ सय ११ जना महिला रहेको मध्ये ४३ जना लेप्चा जाति रहेका छन् । शिविरमा स्त्रीरोग, अँखा, दन्त, मधुमेह र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य परिक्षण गरिएको थियो । स्त्रीरोग सम्बन्धि परिक्षण गराउने ६४ जना मध्ये २९ जनाले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएकोमा १ जनामा पाठेघर क्यान्सर पोजेटिभ देखिएको छ ।
त्यसै गरि १ सय ५३ जनाले आँखा परिक्षण गराएकोमा ३० जनामा मोति बिन्दु देखिएकोमा ७ जनालाई अप्रेसनको लागि रिफर गरिएको छ भने १ जनामा जलबिन्दु र ८ जनामा अँखाको एलर्जी देखिएको छ । यसैगरी ८२ जनाले मधुमेह परिक्षण गराएकोमा ५ जनामा मधुमेह देखिएको छ ।