सूर्योदय । सूर्योदय नगरपालिकामा तीन दिने मोतियाविन्दु शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर शुरु भएको छ । नेपाल नेत्रज्योती संघ इलाम शाखा, पूर्वाञ्चल आँखा उपचार कार्यक्रम, बिराटनगर आँखा अस्पताल, सूर्योदय नगरपालिका र सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय इलामको आयोजना आँखा उपचार शुरु भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलको हाताभित्र शुरु भएको आँखा शिविरमा विराटनगर आँखा अस्पतालबाट आएको डाक्टर प्रज्ञ लुइटेलको नेतृत्वको टोलीले उपचार गरिरहेको नेत्रज्योती संघका इलाम सचिव बिष्णु कार्किले बताए ।

नेत्र ज्योती संघ इलामका अध्यक्ष इन्द्र फुयलको अध्यक्षतामा भएको आँखा शिविरको सूर्योदय नगरपालिका उप प्रमुख दुर्गादेवि भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कर्यालय इलामका प्रहरी नायव उपरिक्षक हेमन्द्र ओलीले आँखा शिविरमा सुमदाय प्रहरी साझेदारी अन्तरगत सहयोग गरिएको बताए ।