Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय महोत्सव अन्तिम चरणमा

सुर्योदय महोत्सव अन्तिम चरणमा

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर १२ २०७६


सुर्योदय महोत्सव अन्तिम चरणमा

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी १४ देखि १८ मंसिरसम्म आयोजना गर्न लागिएको पाँच दिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिले जानकारी दिएको छ । इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी १४ देखि १८ मंसिरसम्म आयोजना गर्न लागिएको पाँच दिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिले जानकारी दिएको छ । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।


महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम लगायतबाट समेत पर्यटकहरू आउने आयोजकको अपेक्षा छ । महोत्सव सफल पार्न नगर उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल आयोजक समिति तथा मातहतका विभिन्न उपसिमितहरू क्रियाशील छन । महोत्सवमा नेपाल र भारतका गरी करिब पाँच लाख पर्यटकले आवतजावत गर्ने हाम्रो अनुमान गरिएको छ ।
महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन ।


महोत्सवका लागि नगरपालिका कार्यपालिकाले २५ लाख रुपैया विनियोजना गरिएपनि ४१ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । यस्तै महोत्सवमा आउने पर्यटकहरूको सहजताका लागि नगरपालिकाले कल सेन्टरको स्थापना गरेको छ । पर्यटकहरूलाई विभिन्न क्षेत्रमा भ्रमणका लागि तथा खान र बस्नका लागि असहज नहोस भनी टोल–फ्रीमार्फत जानकारी गराउने व्यवस्था मिलाएको छ । महोत्सवलाई मध्यनजर गरी १६६०२७५२२२२ मार्फत सेवा दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार