सन्दकपुर । सरकारले प्रदेन नम्बर १ को पर्यटकीय गन्तव्य घोषणा गरेको इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा पर्यटकले भरिएको छ ।

समुन्द्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा भारतको दार्जिलिङ्ग र नेपालको इलाम सदरमुकाम भएर देश विदेशका सयौँ पर्यटक दैनिक रुपमा पुग्ने गरेका हुन् । दर्जनौँ हिमालका दृश्य र हिमाली जिवनशैली, चराहरुको चिरबिर आवाज र सूर्योदय तथा सूर्यास्तको उत्कृष्ट दृश्यावलोकले गर्दा नेपालबाट पनी पर्यटक पुग्ने क्रम बढेको हो । सन्दकपुरमा वर्षमा ६० हजार बढी पर्यटकले भ्रमण गर्दै आएका छन् । प्रदेश सरकार र सन्दकपुर गाउँपालिकाले नेपाल तर्फ पनि भौतिक पूर्वाधारको विकास गर्न थालेपछि नेपाली पर्यटकपनि भ्रमणमा पुग्ने गरेको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

यसवर्षको पर्यटकीय सिजनको शुरुवात पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर एकका संघीय सासंद झलनाथ खनालले संयुक्त अरव इमिरेटसका राजदुत सइद हम्दन अल नकई र साउदी अरेवियाका राजदुत मुसैदविन सुलेइमान अल मारवानी संगै सन्दकपुर पु¥याएर प्रचार गरेका थिए । संयुक्त अरव इमिरेटसका राजदुत सइद हम्दन अल नकईले हिमालय र प्रकृति सुन्दरताको लागी इलाम अनुपम क्षेत्र भएको बताए । उनले ३ दिनको इलाम बसाईमा सुन्दरताको भरपुर मज्जा लिएको बताए

‘इलामको सुन्दरताले आर्कषित गरेको छ ।’ नकईले भने ‘ नेपाल भ्रमण बर्ष २०२० का लागी युएईका लागी नागरिकहरुलाई प्रोत्साहन गर्नेछु ।’ सन्दकपुरबाट २ र ३ वटा देशका हिमाल, सुन्दर बस्ती र फरक संस्कृति एकै ठाँउबाट देख्न पाउँदा खुशी लागेको उनले बताए ।

त्यसैगरी साउदी अरेवियाका राजदुत मुसैदविन सुलेइमान अल मारवानी ले पहिलो पटक इलाम भ्रमणमा राम्रो सत्कार पाएको बताए । उनले पर्यटन र कृषिको क्षेत्रमा इलाम अग्रणी रहेको भन्दै चर्चा गरेका थिए । भारतपट्टिको दार्जिलिङ्ग भएर धेरैजसो पर्यटक आउने गरेपनि अहिले नेपालपट्टि पूर्वाधार विकासको काम गरेकाले नेपाली धेरै पर्यटक पनि पुग्ने गरेको गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् ।

पर्यटकीय सिजन शुरु भएसँगै अहिले सीमावर्ती मानेभञ्ज्याङ्गबाट भारतीय र तेस्रो मुलकका पर्यटक सन्दकपुर पुग्ने गरेका छन् भने नेपाली पर्यटक इलाम सदरमुकाम माईपोखरी, हुँदै पुग्ने गरेका छन् । पर्यटकको संख्या बढेपछि होटल व्यवसायीले आफु कोठासँगै होटल बाहिर टेन्ट राखेर पर्यटकको सेवा दिँदै आएको कालपोखरीका सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । भारत र तेस्रो मुलुकका पर्यटकको संख्यामा वृद्धि हुनु र सन्दकपुर डाँडामा पुग्ने नेपाली पर्यटकको संख्या पनि बढेको अधिकृत राईले बताए । तीन महिना अघिनै होटल बुक गरेर पर्यटक आउने गरेको सेर्पा च्यालेट होटलका प्रोपाइटर पेमाडन्डु सेर्पाले बताए । ‘अहिले सन्दकुर डाँडामा बाह्य पर्यटकहरुले साइकलमा रमाउन आउने गरेका छन् सेर्पाले भने–‘सबै होटलहरुमा आन्तरीक पर्यटकहरुको चाप बढ्दै जाँदा गाउँतिरका होमस्टेमा बास बस्ने गरेका छन् ।’

नेपाल र भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रको मानेभञ्ज्याङ्ग फालुट ४२ किलोमिटर पर्यटकिय पदमार्गमा अहिले पर्यटकको लावालस्करै देखिन थालेको छ । नेपालका पाँचथर, इलाम तथा भारतको पश्चिम बंगालको सिमानामा रहेको समुन्द्र सतहबाट ३६ सय ३६ मिटर अग्लो सन्दकपुर पूर्वी नेपालको प्रसिद्ध माई नदीको मुहान भएकाले अहिले धार्मिक पर्यटकको संख्या पनि बढ्दै गएको होटल व्यवसायी रिञ्जि सेर्पाले बताए । माई नदिको मुहान संरक्षणको काम सँगै अहिले पर्यटकीय पूर्वाधार निर्माणको कामले पनि तिब्रता पाएको छ ।

नेपालतर्पmबाट पनि सडक निर्माण र पर्यटकीय पदमार्ग निर्माणले तिब्रता पाउनुका साथै प्रचारप्रसारको काम पनि भइरहेका छन् । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा प्रदेश सरकारले भ्युटावर, माई मुहान संरक्षण, आवास गृह, पदमार्ग निर्माणमा प्राथमिकता दिएको प्रदेश सासंद खिनु लङ्व ालिम्बुले बताइन् । सन्दकपुरमा १५ वटाजति होटल रहे पनि नेपालीका ३ वटा मात्र होटल रहेको होटल सनराइजका सञ्चालक छिरिङ दोर्जे शेर्पाले बताए । धेरैजसो होटलहरु भारतको सरकारी निकायले निर्माण गरेका छन् ।

नेपाली क्षेत्रमा रहेका होटलहरुमा तीन सय बढी पर्यटक अटाउने गरेका छन् भने बाँकी पर्यटक भारतीय होटलमा बस्दै आएका छन् । सन्दकपुरमा प्रदेश सरकार र गाउँपालिकाको पहलमा आवस गृह निर्माणको शुरु भएको छ । प्रदेश सरकारको लगानीमा तीन करोड बढीको लगानीमा आवस गृह निर्माणको काम शुरु भएको हो । यस्तै सन्दकपुर गाउँपालिकाको समन्वयमा नेपाल विद्युत प्राधिकरणले विद्युत विस्तारको कामलाई तिब्रता दिएको छ । गाउँपालिका प्रवत्ता गिरिराज खनाललका अनुसार चालु आर्थिक वर्षमा सन्दकपुरको डाँडोमा विद्युत पुर्याएर वितरण गर्ने योजना रहेको छ ।

यस्तो छ सन्दकपुर
प्राकृतिक सुन्दरता, हिमश्रीङ्खला, जैविक विविधता, सूर्योदय र सुर्यास्त अवलोकन गर्न सन्दकपुर गाउँपालिकामा कुनै कृतिम टावरको आवश्यकता पर्दैन । इलामकै सबैभन्दा अग्लो चुचुरो सन्दकपुर, छिन्तापु, कालपोखरी, कैयाकट्टा, जौबारी, टप्पु, माबुथाम, हाँगेथाम जस्ता अग्ला अग्ला डाँडा थुम्काहरु जहाँबाट जता फर्केर हरेपनि धित नमर्ने मन नअघाउने सधै हेरिरहु, यतै बसिरहु लाग्ने आहा, कल्पना बाहिरको सुन्दरता । समुन्द्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरको उचाइ रहेको सन्दकपुर नेपालको प्रमुख पर्यटकीयस्थल हो ।

भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुर पर्यटन क्षेत्र भारतीय पर्यटन नक्सामा नम्बर १ पदमार्गमा राखिएको छ । र भारततीरबाट बर्षेनी ५० हजार भन्दा बढी पर्यटकहरु सन्दकपुर आउने गरको छन् । सन्दकपुर नेपाल भारत भुटानका ६० भन्दा बढी हिमाललाई कुम जोडिएझै १ सय ८० डिग्रीको सोझो सतहमा अंगालो हालेजस्तै आँखा अगाडी अवलोकन गरिने दक्षिण एसियाकै एक मात्र ठाउँ हो ।

सूर्योदय, सूर्यास्त अनेकौ प्रजातिमा फुल्ने लालिगुराँस हेरेर विश्वभरका पर्यटक आनन्द लिने गरेका छन् । सामरिक दृष्टिले पनि महत्वपूर्ण सन्दकपुर नेपालको सबैभन्दा बढी एकैठाउँबाट सगरमाथा, कंचनजङ्गा, मकालु पाथिभरा, कुम्भकर्ण लगायत हिमाललाई नजिकबाट नियाल्ने उत्तम गन्तव्य हो सन्दकपुर ।

छिनछिमा बदलिरहने मौसम र आँखै अगाडी देखिने हिमश्रृंखलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा पर्यटकलाई धर्तिमै स्वर्गीय आनन्द दिलाउँछ । यहाँ हिउँ परेको बेलामा हिउँ खेल्ने पर्यटकहरुको संख्या बढ्दो छ ।