Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रगुन गुरुङको ‘गोरिमा गोरि कस्की हौ छोरी’को छायाङ्कन सम्पन्न

रगुन गुरुङको ‘गोरिमा गोरि कस्की हौ छोरी’को छायाङ्कन सम्पन्न

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ७ २०७६


रगुन गुरुङको ‘गोरिमा गोरि कस्की हौ छोरी’को छायाङ्कन सम्पन्न

फिक्कल : शिक्षणस‌ँगै गायनमा सक्रिय रगुन गुरुङको नयाँ गीत पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको कन्याम लगायतका स्थानमा छायाङ्कन गरिएको छ । प्रियता एल्वममा समेटिएको गीत “गोरिमा गोरि कस्की हौ छोरी चिटिक्क परेकीको” छायाङ्कन कन्याम ,सुन्दरपानी , काजीफाटक , सिम्पानी लगायतका स्थानमा गरिएको हो । रगुन गुरुङको रचना र स्वर रहेको गीतमा टिका सुब्बाले सङ्गीत दिएका छन् । गीतमा निमा घिसिङ , भुपेन राईले मोडलिङ गरेका छन् । म्याक्स बायुङ राईले गीतको निर्देशन गरेका हुन् । सूर्योदय नगरपालिका स्थायी बसोबास गर्दै अाएका गायक गुरुङका यस अघि पनि दर्जनौ गीत बजारमा आईसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार