Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु

अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु

  • सन्देस सम्बाददाता
  • शनिबार, साउन ११ २०७६


अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु

झापा ।  झापाको आम्दा अस्पतालमा सुत्केरीको उपचारमा लार्पावाहीका कारण मृत्यु भएको भन्दै पीडितहरु आक्रोशित भए पछि अस्पतालले ५ लाख रुपयाँ दिने भएको छ ।
पाँचथर जिल्लाको फिदिप नगरपालिका वडा नं. १० की ३० बर्षीय सरिता योङ्हाङ्गको अप्रेशन गरेर बच्चा जन्माए पछि मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा दवाब दिएका थिए । शनिबार विहान ६ बजे तिर अप्रेशन गरेको १८ घण्टा पछि सुत्केरीको मृत्यु भएको थियो । बच्चाले आमाको पेटमा दिशा गरेकोले अप्रेशन गरेको र अप्रेशन गरेको १८ घण्टा पछि विरामीलाई स्वास प्रसासमा समस्या आएकोले विरामी बचाउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन ढकालले बताए ।
अस्पतालको लार्पावाहीका कारण मृत्यु भएको भन्दै पीडित पक्ष आक्रोशित भए पछि जनप्रतिनिधि, सामाजिक तथा राजनैतिक अगुवा सहित अस्पताल संचालन समितिका जिम्मेवार पदाधिकारीबीच बसेको छलफलले मृतकको परिवारलाई ५ लाख रुपयाँ दिने सहमति भएको दमक नगरपालिका वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटाले बताए ।
यस बाहेक लाश घरमा पुर्याउने तथा जन्म भएकी नानीलाई प्राविधिक शिक्षा अध्ययनमा सहयोग गर्ने सहमति भएको सहमतिमा रहनु भएका पाँचथर जिल्लाका नेपाली कांग्रेसका सचीव रुपनायारण जवेगुले बताए । सहमति भएसँगै लाश अस्पतालबाट साँझ ८ बजे आफन्तले बुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार