Local Sandesh सोमबार, मंसिर ८ २०८३
  • ट्रेण्डिङ :

शान्ति निकेतन माविको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

शान्ति निकेतन माविको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ८ २०८३


शान्ति निकेतन माविको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

इलाम । रोङ गाउँपालिका–३, कुटिडाँडास्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालयले आफ्नो ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त भट्टराई र रोङ गाउँपालिका–३ का वडाध्यक्ष मात्रिका बरालको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी जिल्ला समन्वय समिति सदस्य प्रेमराज गुरुङलगायत जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, स्थानीय व्यक्तित्व तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यालय स्थापनादेखि शैक्षिक तथा संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका संस्थापक सदस्य इन्द्रलाल निरौलालाई सम्मान गरिएको थियो। विद्यालयको स्थापना र विकासमा अग्रजहरूले पुर्‍याएको योगदानको कदरस्वरूप गरिएको सम्मानले संस्थाको ऐतिहासिक पृष्ठभूमि र शैक्षिक यात्रालाई स्मरण गराएको छ।

हाल विद्यालयमा २०९ जना विद्यार्थी अध्ययनरत छन्। लामो शैक्षिक इतिहास बोकेको शान्ति निकेतन माध्यमिक विद्यालयलाई रोङ गाउँपालिकाकै नमुना विद्यालयका रूपमा चिनिन्छ। विद्यालयले गुणस्तरीय शिक्षाको प्रवर्द्धन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार