Local Sandesh सोमबार, मंसिर ८ २०८३
  • ट्रेण्डिङ :

सोमबारको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

सोमबारको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ८ २०८३


सोमबारको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का हिमपात हुन सक्ने
  • हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सोमबार आंशिक बादल लाग्नेछ।
  • कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

इलाम । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन। महाशाखाले जारी गरेको मौसम विश्लेषणमा हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको जनाइएको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो तथा राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार