Local Sandesh सोमबार, मंसिर ८ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेश कराते छनोटमा इलामका खेलाडीले जिते १२ पदक

कोशी प्रदेश कराते छनोटमा इलामका खेलाडीले जिते १२ पदक

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ८ २०८३


कोशी प्रदेश कराते छनोटमा इलामका खेलाडीले जिते १२ पदक

इलाम। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजित कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा इलामका कराते खेलाडीहरूले १२ पदक जितेका छन्। प्रतियोगितामा इलामबाट सहभागी खेलाडीहरूले व्यक्तिगत तथा टिम कातातर्फ पदक हासिल गरेका हुन्। प्राप्त नतिजाअनुसार प्रतीक बस्नेत र आर्यन सुनुवारले कास्य पदक जितेका छन्।

त्यस्तै कुनाल भुजेल, मिक्सन लिम्बू, सुशान्त चापागाईं, गृष्मा तामाङ, मौसम रोक्का, समीक्षा लाप्चा र सुमना उराउले रजत पदक हासिल गरेका छन्। टिम कातातर्फ आकृति भुजेल, नेन्सी बास्कोटा र प्रशना कट्टेलले रजत पदक जितेका छन्। प्रतियोगितापछि खेलाडी तथा प्रशिक्षकले यसपटकको उपलब्धिलाई सन्तोषजनक मान्दै आगामी दिनमा अझ राम्रो नतिजाका लागि प्रयास गर्ने बताएका छन्।

स्वर्ण पदक जित्न असफल भएकाले इलामका कराते खेलाडीले १० औ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन नपाउने भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार