Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

७.५ किलोमिटर दौडमा बिबस र एन्जिला प्रथम, सूर्योदयमा संविधान दिवसको उल्लास

७.५ किलोमिटर दौडमा बिबस र एन्जिला प्रथम, सूर्योदयमा संविधान दिवसको उल्लास

  • सन्देश सम्बाददाता
  • आइतबार, असोज ४ २०८३


७.५ किलोमिटर दौडमा बिबस र एन्जिला प्रथम, सूर्योदयमा संविधान दिवसको उल्लास

फिक्कल । ११औँ संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकामा ७.५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। सूर्योदय नगरपालिकाको आयोजनामा कन्यामदेखि फेन्सोङ गुम्बासम्म आयोजित प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका करिब १२० जना विद्यार्थी तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतियोगिताको छात्रतर्फ समाल्बुङ माध्यमिक विद्यालयका बिबस पौडेल प्रथम भएका छन्। उनले २३ मिनेट ५३ सेकेन्ड ५० मिलिसेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। इभरल्याण्ड बोर्डिङ स्कुलका सिमन पाण्डे २४ मिनेट १९ सेकेन्ड ३१ मिलिसेकेन्डमा दोस्रो हुँदै ३ हजार रुपैयाँ तथा फिक्कल माध्यमिक विद्यालयका स्वरुप तामाङ २५ मिनेट ५५ सेकेन्ड ३४ मिलिसेकेन्डमा तेस्रो हुँदै २ हजार रुपैयाँ प्राप्त गरे। बौद्धधाम माध्यमिक विद्यालयका साहिल मुखिया सान्त्वना हुँदै १ हजार रुपैयाँ प्राप्त गरे।

त्यसैगरी, छात्रातर्फ फिक्कल माध्यमिक विद्यालयकी एन्जिला राई प्रथम भइन्। उनले ३० मिनेट १८ सेकेन्ड ४५ मिलिसेकेन्डमा दौड पूरा गर्दै ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन्। हिमालय माध्यमिक विद्यालयकी रोजिना थापा ३१ मिनेट ०० सेकेन्ड ०९ मिलिसेकेन्डमा दोस्रो हुँदै ३ हजार रुपैयाँ तथा एभरेष्टकी सृष्टि राई ३१ मिनेट १९ सेकेन्ड ७० मिलिसेकेन्डमा तेस्रो हुँदै २ हजार रुपैयाँ प्राप्त गरिन्। सरस्वती माध्यमिक विद्यालयकी सोनिया राई सान्त्वना हुँदै १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन्।

विजेता तथा उत्कृष्ट खेलाडीलाई नगरपालिकाले नगद पुरस्कारसहित फ्रेमसहितको प्रमाणपत्र प्रदान गरेको थियो। प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै स्वास्थ्य, अनुशासन र शारीरिक तन्दुरुस्तीको महत्वबारे सन्देश दिएको सुर्योदय नगरपालिकाले जनाएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष मणि गुरुङको अध्यक्षता र नगरप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन समारोह फेन्सोङ गुम्बा पार्कमा सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार