Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलामका चार व्यक्तित्व ‘नेपाल राष्ट्रिय सम्मान २०८३’ बाट सम्मानित

इलामका चार व्यक्तित्व ‘नेपाल राष्ट्रिय सम्मान २०८३’ बाट सम्मानित

  • सन्देश सम्बाददाता
  • शनिबार, असोज ३ २०८३


इलामका चार व्यक्तित्व ‘नेपाल राष्ट्रिय सम्मान २०८३’ बाट सम्मानित

इलाम । इलामका चार जना व्यक्तित्व ‘नेपाल राष्ट्रिय सम्मान २०८३’ बाट सम्मानित भएका छन्। सम्मानित हुनेमा सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्मा, फिक्कल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन श्रेष्ठ, वडा नं ९ बरबोटेका युवा उद्योगी सुमित श्रेष्ठ र कोरियोग्राफर रोशन कर्माचार्य रहेका छन्।

प्रयास मञ्च नेपालद्वारा आयोजित ‘बुद्धवीर लामा विशेष साँझ’ कार्यक्रममा उनीहरूलाई विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘नेपाल राष्ट्रिय सम्मान २०८३’ प्रदान गरिएको हो। कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।

स्थानीय तहको नेतृत्व, शिक्षा, उद्यमशीलता तथा कला क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चारै जनालाई राष्ट्रिय स्तरको सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार