Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

फुएतपामा कांग्रेसको वडा अधिवेशन सुरु

फुएतपामा कांग्रेसको वडा अधिवेशन सुरु

  • लिला लिम्बू
  • शनिबार, असोज ३ २०८३


फुएतपामा कांग्रेसको वडा अधिवेशन सुरु

इलाम । नेपाली कांग्रेस संस्थापन पक्षको १५औँ अधिवेशनअन्तर्गत इलामको फाकफोकथुम गाउँपालिका–४, साविक फुएतपामा वडा अधिवेशनको खुला सत्र सम्पन्न भएको छ। असोज ३ गते सातवटै प्रदेशअन्तर्गतका विभिन्न वडामा अधिवेशन भइरहेका बेला फाकफोकथुम–४ मा पनि वडा अधिवेशन आयोजना गरिएको हो।

खुला सत्र वडा सभापति पदमबहादुर दर्लामी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नं २ (ख) का सभापति खगेन्द्र योङहाङ लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, महाधिवेशन विशेष अतिथि तथा इलाम–काठमाडौं सम्पर्क मञ्चका सभापति टंकनाथ पुरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले १५औँ अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्दै वडा तहमा नयाँ र सक्रिय नेतृत्व चयन गर्न शुभकामना दिएका थिए। उनीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउन वडा तहदेखि नै प्रभावकारी नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव गोपाल ढुंगानाले गरेका थिए। वडा सभापति पदमबहादुर दर्लामी मगरले आफ्नो कार्यकालमा भएका पार्टी गतिविधि तथा संगठनात्मक विषयमा धारणा राख्दै हालको वडा कमिटी विघटन भएको घोषणा गरेका थिए।

खुला सत्र सम्पन्न भएपछि नयाँ वडा कमिटी चयनका लागि बन्द सत्र सुरु भएको छ। फाकफोकथुम–४ साविक फुएतपाको वडा कार्यालयस्थित सभाहलमा जारी बन्द सत्रबाट नयाँ नेतृत्व चयन गरिनेछ। नयाँ कमिटी सकेसम्म सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिने र सर्वसम्मति हुन नसके निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिने युवा नेता दीपक लिम्बुले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार