तुम्लिङ्ग। सुन्दर नेपाल भारतसँगै युरोपसम्मका पर्यटकहरुको गतन्तव्यस्थल माईजोगमाई गाउँपालिका २ मा अवस्थित तुम्लिङ्ग, टङ्लु र मेघमा पर्दछन् ।
फाकटबाट डेढ किलोमिटरको यात्रामा पुगिने तुम्लिङ्ग क्षेत्र साविक जोगमाई गाविसको शीरमा अवस्थित छ । २ हजार ९ सय ७० मिटर उचाईमा रहेको गुरुङ समुदायको बसोबास भएको क्षेत्र हो, तुम्लिङ । कञ्चनजंघा हिमश्रृङखला आँखै अगाडी देखिने तुम्लिङ क्षेत्र भारतीय सिंहलिला राष्ट्रिय निकुञ्ज भएकाले चराविज्ञ, प्रकृतिप्रेमिसँगै सयौँ पर्यटक विश्वभरीबाट आउने गरेका छन् ।
सबैभन्दा धेरै हिमश्रङ्खला दृश्यावलोकन गर्न सकिने विश्वको एक मात्र पर्यटकीय क्षेत्र सन्दकपूर दैनिक पदयात्रामा निस्किएका सयौँ पर्यटकहरुको बासस्थानको केन्द्र हो, तुम्लिङ । तुम्लिङ क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि दोस्रो क्रस बोर्डर पर्यटन महोत्सवको आयोजना भएको छ । नमस्ते कंचनजंघा संस्थाको आयोजना पर्यटन कार्यालय काँकरभिट्टा, केचना कंचनजंघा पर्यटन विकास समिति, कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालय लगायतका सरकारी तथा गैरसरकारी संस्थाको आयोजनामा महोत्सवको आयोजना भएको थियो । सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सवले सहयोग पुर्याएको सरोकारवालाले बताएका थिए ।
तुम्लिङबाट ल्होत्से, सगरमाथा, लगायत दर्जनौँ हिमश्रङ्खलाहरु समेत देखिन्छ । भारतका पर्यटकले रुचाएको १० गन्तव्यमा पर्ने पर्यटकीयस्थलमा तुम्लिङ पर्दछ । नेपाल भारत सीमा क्षेत्र मानेभञ्ज्याङबाट करिब साढे १० किलोमिटर र इलामको फिक्कल चौकबाट नयाँबजार जौबारी हुँदै २९ किलोमिटरको यात्रामा तुम्लिङ पुगिन्छ । तुम्लिङ प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा भारत भएर जाने पर्यटकहरु बास बस्ने ठाउँले सु–परिचत छ ।
पवित्र जोगमाई खोलाको शिर समेत रहेकाले तुम्लिङको धार्मिक महत्व बढेको छ । भारतपट्टि सिंहलिला राष्ट्रिय निकुञ्ज रहेको तुम्लिङ क्षेत्रमा नेपालपट्टि मात्रै मानव बस्ति भएकाले यी बस्तिहरु पर्यटकले भरिभराउ हुन्छन् ।
तुम्लिङ क्षेत्रमा सबैभन्दा बढी भारत भएर पर्यटक आउँछन् । यहाँ पर्यटकीय सिजनको तीन महिनामा मात्रै ४५ हजार पर्यटकहरुले बास बसि सन्दकपुर पदयात्रा गरेको तथ्याङ्क छ । तुम्लिङबाट अघि बढेपछि पुगिने पर्यटकीय क्षेत्र हो, टङ्लु, गुराँसे अनि विश्वको सबैभन्दा धेरै वुद्ध मुर्ती भएको रमणिय क्षेत्र मेघमा पुगिन्छ ।
तस्बिरहरु :
