Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा सामुदायमा आधारित हाब्रे (रेडपाण्डा) संरक्षण कार्यक्रम 

इलाममा सामुदायमा आधारित हाब्रे (रेडपाण्डा) संरक्षण कार्यक्रम 

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख २५ २०८२


इलाममा सामुदायमा आधारित हाब्रे (रेडपाण्डा) संरक्षण कार्यक्रम 
इलाम । लोपोन्मुख रेडपाण्डाको संरक्षणका लागि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्य क्रम संचालन हुँदै आएको छ । सन् २०११ बाट संचालन हुँदै आएको कार्यक्रम इलामका ५ स्थानीय तहमा संचालन हुँदै आएको हो ।
रेडपाण्डा नेटवर्कको सहयोगमा संचालन हुँदै आएको कार्यक्रम अहिले दिपज्योती युवा क्लब पाँचथरबाट संचालन हुँदै आएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा संचालन हुँदै आएको कार्यक्रमबाट सन् २०२४ मा संचालित कार्यक्रहरु र सन् २०२५ मा संचालन हुने कार्यक्रमहरुका बारेमा इलामका ५ वटा स्थानीय तहमा स्थानीय परियोजना सल्लाहाकार समिति बैठक सम्पन्न भएको परियोजनाका राम रिमालले बताए । नेटवर्कको सहयोगमा संचालन भएका र अब हुने कार्यक्रमहरुका बारेमा जिल्लास्तरीय परियोजना सल्लाहाकार समिति बैठक समेत सम्पन्न भएको उनले बताए ।
समुदायमा आधारित हाब्रे (रेडपाण्डा) संरक्षण कार्यक्रम इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिकामा संचालन हुँदै आएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा दिपज्योती युवाक्लबले पाँचथरमा पनि संरक्षणका कार्यक्रम गर्दै आएको हो ।
पाँचथरको फिदिम नगरपालिका, याङ्वरक गाउँपालिका र फालेलुङ गाउँपालिकामा कार्यक्रम गर्दै आएको छ । २०५३ सालमा स्थापित संस्थाले विगत २० वर्षबाट जैविक विविधता संरक्षण र दिगो जिविकोपार्जनका बिषयमा काम गर्दै आएको संस्थाका सुनिल बान्तवाले बताए । क्लबले २०६८ सालबाट रेडपाण्डा नेटवर्कसँग समन्वय गरि काम गर्दै आएको छ ।  समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमबाट संस्थाले इलाममा सन् २०२४ मा अध्ययन अनुसन्धान, शिक्षा तथा सचेतना, बासस्थान व्यवस्थापन, दिगो जीविकोपार्जन, निति तथा वाकलत र अनुगमन मुल्याङ्कनको काम गरिएको हो ।
सन् २०२४ मा अध्ययन र अनुसन्धानका क्षेत्रमा रेडपाण्डाको नियमित अनुगमन र उनीहरुको बासस्थान संरक्षणको काम, १५ वटा सामुदायीक वन क्षेत्रमा १८ जना वन संरक्षकहरुको व्यवस्था, क्यामेरा ट्यापको प्रयोग गरेर जंगली स्तनधारी जनावरहरूको सर्वेक्षण र अनुगमन गरेको जानकारी गराइएको छ । जनवारहरुको सर्वेक्षण र अनुगमन तथा पुनःस्थापनाको क्षेत्रमा १५ क्यामेरा ट्याप गरि स्थापना गरिएको छ । सन् २०२४ मा रेडपाण्डाको बासस्थान र पुनःस्थापना पहलको अध्ययन गरिएको हो । सोही क्रममा इलामको जौबारीमा १९ स्थायी अनुगमन प्लटहरू स्थापना गरिएको र बिरुवा प्रजाति, उचाइ, व्यास आदिको डेटा रेकर्ड गर्न पुनस्र्थापना स्थल निर्माण गरिएको कार्यक्रम संयोजक प्रविन न्यौपानेले बताए ।
 सन् २०२४ इलाममा वन संरक्षक तालिम पनि संचालन गरिएको थियो । इलामको जौबारीमा आयोजित ९ वन संरक्षक तालिमका लागि २ दिने तालिमसँगै वन संरक्षकहरूले नियमित अनुगमन प्रक्रिया, क्यामेरा ट्याप स्थापना, न्एक्
संचालन र सेटअपमा तालिम प्रदान गरिएको हो ।  तालिमसँगै उनीहरुलाई ज्याकेट, झोला र पानीको बोतलसहित ९ वन संरक्षकहरूलाई प्रदान गरिएको जानकारी गराइएको थियो ।
सन् २०२४ मा शिक्षा र सचेतना क्षेत्रमा रातो पाण्डा संरक्षण छात्रवृत्ति संचालन गरिएको थियो । सो कार्यक्रम इलामका ५ विभिन्न सामुदायिक विद्यालयका ३० जना विद्यार्थीहरूलाई रातो पाण्डा संरक्षण छात्रवृत्ति वितरण गरिएको हो । साथै वन अभिभावकका बालबालिकाहरूलाई १८ सेट छात्रवृत्ति वितरण गरिएको छ । रातो पाण्डा संरक्षण छात्रवृत्तिमा प्रमाणपत्र सहित, रातो पाण्डाको झोला, पानीको बोतल र स्टेशनरीहरू समावेश रहेको कार्यक्रममा जानकारी गराइएको थियो । सोही कार्यक्रम अन्तरगत वातावरण संरक्षण, सामुदायिक विद्यालयहरूमा शिक्षा
अन्तर्राष्ट्रिय रेड पाण्डा दिवस उत्सव मनाइएको हो ।
रेडपाण्डा दिवस र उत्सव ४ सामुदायिक विद्यालयहरूमा मनाइएको थियो । उत्सवको लागि प्रत्येक विद्यालयलाई  ५ हजार प्रदान गरिँदै आएको कार्यक्रमा जानकारी गराइएको छ । वातावरण संरक्षण शिक्षामा ५ सामुदायिक विद्यालयहरूमा पढाइँदै आएको छ । विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले संरक्षणको लागि संस्थाबाट सहयोग पाउँदै आएका छन् । शिक्षा र सचेतनाका लागि  पाठ्यपुस्तक कार्यान्वयनमा आएको हो ।
शिक्षा र प्रचार शिक्षा तथा सचेतना अन्तरगत इलाम साहित्य महोत्सव सहयोगसँगै
इलाम साहित्य समाजलाई रेड पाण्डा कला प्रदर्शनीको लागि तेस्रो इलाम साहित्य महोत्सव आयोजना गर्न सहयोग गरिएको हो । साथै रेड पाण्डाको संरक्षणमा आधारित चित्रकला प्रदर्शनी आयोजना गरिएको हो । जसमा  १० जना कलाकारले भाग लिएका थिए । सन् २०२४ मा वासस्थान व्यवस्थापनका क्षेत्रमा वन संरक्षण नर्सरी स्थापना गरिएको हो  ।  इलामको जौबारी  तुम्लिङ, गुराँसे, लालबास र कामेरे मा कुल ६ वटा छायाँ घर र ४ वटा हरितगृह घर निर्माण गरिएको छ । जस अन्तरगत जौबारी
बिरुवा अंकुरणको लागि ३ वटा साना छायाँ घर निर्माण गरिएको हो । साथै चित्रे हिले सामुदायीक वन  र चिचिपे सामुदायीक वनमा १० वटा र २ वटा मिनी–चित्र नर्सरी निर्माण गरिएको हो ।
वन संरक्षणको लागि व्यवस्थापन सहयोगमा नर्सरीहरू इलामका विभिन्न नर्सरीहरूमा मासिक रूपमा ७ जना नर्सरी हेरचाहकर्ताहरू मार्फत संरक्षण गरिँदै आएको हो ।
साथै जौबारीको नर्सरी क्षेत्रमा शौचालय निर्माण, कोप्चेमा पुरानो र जौबारी पुनःस्थापना भएको नर्सरीमा प्रत्येक २ हजार लिटरको ट्याङ्की स्थापना गरिएको हो ।
साथै प्रत्येक छायादार घरमा जडान बिन्दुहरूसँग पानीका पाइपहरूलाई च्यानलाइज गरिएको हो । त्यसैगरि कामरे र दोबाटेमा प्रत्येक २ हजार लिटरको ट्याङ्की, चित्रे हिले र छिपछिपे सामुदायीक वनमा क्षेत्रमा १ हजार लिटरको ट्याङ्की स्थापना गरियो जानकारी दिइएको छ । स्थापना भएका विभिन्न नर्सरीहरूमा कुल ३ हजार ३ सय मिटर एचडिपि पाइप, बगैंचा पाइपहरू वितरण गरिएको जानकारी दिइएको हो ।
वन संरक्षण स्थापनाका क्षेत्रमा नर्सरीहरूमा २८ हजार ७ सय ७९ बिरुवाहरू
पोलिब्यागहरूमा प्रत्यारोपण गरिएको हो । पोलिब्यागहरूमा प्रत्यारोपण गरिएको बिरुवामा टेंगा, बान्टे, घोगे, चाप, टिमुरे, सेतीकाठ, खानकपा रहेका छन् । त्यसैगरि १ हजार ५ सय किलोग्राम (३०० ब्लक) कोकोपिट (पोलिब्यागहरू भर्न माटोसँग मिसाइएको) प्रयोग गरिएको हो ।
सन् २०२४ मा पानी संरक्षण र पोखरी निर्माणको काम गरिएको हो । जस अन्तरगत एउटा वन्यजन्तु पानी कुवा निर्माण गरिएको हो । परियोजना अन्तरगत पुनःस्थापना स्थलहरूमा बार लगाउने काम गरिएको हो । जसमा मालिंगो चेप्लास र काठको पोल÷स्टम्प प्रयोग गरेर विभिन्न पुनःस्थापना स्थलहरूमा १० हजार ५ सय ९३ मिटर बाँसको बार बनाइएको हो ।
सन् २०२४ मा बासस्थान पुनःस्थापना स्थलहरूमा वृक्षारोपण गरिएको थियो । जस अन्तरगत जौबारी क्षेत्र,  तुम्लिङ क्षेत्र,  चित्रेहिले , सिंहदेवी र छिपछिपे सामुदायीक वनमा ७५ हजार ५ सय ४९ बिरुवा रोपिएका छन् ।
बिरुवा रोपण पछिका तोरीको केक र वन मल प्रयोग गरेर ५६ हजार ८ सय ४० बिरुवालाई मल लगाइएको र ३ हजार ५ सय केजी तोरीको केक मल लगाउन प्रयोग गरिएको हो । मल लगाउनको लागि कुल ५ सय ५१ मानव–दिन प्रयोग गरिएको थियो । जसमा १ सय ४० बोरा वन मल संकलन गरिएको थियो ।
तीव्र हावाबाट बिरुवाहरूलाई सहयोग प्रदान गर्न २५ हजार २ सय ५६ नयाँ दाँतहरू जडान गरिएको थियो । त्यसैगरी ४२ हजार ६ सय ७६ बिरुवाहरूलाई जुटको डोरीले मालिंगो दाँतमा बाँधिएको हो । दाँत काट्नको लागि कुल २ सय ७७ कार्य–दिनहरू प्रयोग गरिएको परियोजनाले जानकारी दिएको छ ।
परियोजनाले रेबिज विरुद्धको खोप कुकुर र बिरालोमा प्रदान गरिएको थियो ।  सन्दकपुर गाउँपालिका भित्र ५८ वटा कुकुर र ५ बिरालालाई खोप लगाइएको हो । जसमा न्युजिल्याण्डको वेलिंग्टन चिडियाखानाका दुई अन्तर्राष्ट्रिय स्वयंसेवकहरू संलग्न  भएका थिए ।
परियोजनाबाट तालिम तथा अवलोकन भ्रमणका कार्यक्रमहरु पनि भएका थिए । जस अन्तरगत अभ्यासहरूको अवलोकन गर्न झापाको जलथलमा पुनःस्थापना भण्डारीलाई ६ दिने अवलोकन भ्रमण गरिएको थियो । त्यस्तैस्वयम्भूनाथ,बौद्धनाथ, पाटन दरबार स्क्वायर, केन्द्रीय जावलाखेलमा रहेको चिडियाखानासँगै सम्पदा स्थलहरूको भ्रमण भएको हो । त्यस्तै गोदावरीमा रहेको लिभिङ माउन्टेन ल्याबको भ्रमण गरिएको  हो ।
परियोजनाबाट प्रस्तावित खाडल वन संरक्षण क्षेत्रको लागि व्यवस्थापन योजनाको विकास इलाम नगरपालिका ३ स्थित पुवामाझुवा समुदाय रेडपाण्डा
संरक्षण क्षेत्रको लागि व्यवस्थापन योजनाको विकासको लागि प्राविधिक र वित्तीय सहयोग गरिएको थियो । दिगो जीविकोपार्जन कार्यक्रम अन्तरगत राडि बुन्ने तालिम इलामको खरेलडाँडामा संचालन गरिएको हो । तालिममा १० जना महिलाको सहभागी  भएका थिए । तालिम ३० दिनको तालिम सञ्चालन गरिएको थियो ।
जसको रातो पाण्डाको लोगो भएको हस्तनिर्मित गलैंचा बनाउने तालिम संचलान गरिएको हो । परियोजना संचालन भएको क्षेत्रमा इको–ट्रिप व्यवस्थापन सञ्चालन गरिएको छ । परियोजनामा २ वटा इको–ट्रिपहरू सञ्चालन गरिएका थिए । इकोट्रिपमा ८ जना सहभागीहरू रहेका थिए र उनीहरुले रेड पाण्डा अवलोकन, चरा अवलोकन, वन पदयात्रा र काठमाडौँ उपत्यका दर्शनीय स्थलहरूमा संलग्न थिए । उनीहरुले रेड पाण्डा अवलोकन पद्मसम्भव, दोबाटे र हिले सामुदायीक वनमा गरेका थिए । निति वकालतका बिषयमा परियोजनाबाट कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूसँग विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा समन्वय बैठक, प्रमुख सहभागीहरूसँग इलामको जौबारी भ्रमण,पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, डिभिजन वन कार्यालय इलामबाट भएको थियो ।
त्यसैगरि समुदायमा आधारित रेड पाण्डा संरक्षण क्षेत्र इलाम नगरपालिकाको पुवामझुवामा घोषणा गरिएको थियो । जुन नेपालको पहिलो समुदायमा आधारित संरक्षित संरक्षण क्षेत्र घोषणा गरिएको हो । सन् २०२४ मा  परियोजनामा २ करोड ७३ लाख ७६ हजार ५ सय ३५ खर्च भएको हो । त्यसैगरि सन् २०२५ का कार्यक्रमहरु
गतिविधिमा अनुसन्धान र अनुगमनमा २५ लाख २८ हजार ४ सय १०, शिक्षा र पहुँच १० लाख १० हजार ५ सय आवास व्यवस्थापनमा ४ करोड ४४ लाख १८ हजार ४ सय ८०, दिगो जीविकोपार्जनमा ४६ लाख २७ हजार २ सय ८७ रुपैयाँ बजेट रहेको छ । त्यसैगरी नीतिगत वकालतमा १९ लाख २२ हजार ४ सय ९६, अनुगमन र क्षमता विकास निर्माणमा ५ लाख ८४ हजार ५ सय र कार्यक्रम समर्थन लागतमा १३ लाख ९८ हजार ५ सय ५० बजेट रहेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार