Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा होमस्टे व्यवसायीसँग पर्यटन कार्यालयको अन्तरक्रिया (तस्बिरहरु)

सन्दकपुरमा होमस्टे व्यवसायीसँग पर्यटन कार्यालयको अन्तरक्रिया (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र १ २०८१


सन्दकपुरमा होमस्टे व्यवसायीसँग पर्यटन कार्यालयको अन्तरक्रिया (तस्बिरहरु)

इलाम । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुर ३ मा रहेका होमस्टेसँग पर्यटन कार्यालय झापाको आयोजनामा होमस्टे व्यवसायीसँगको अन्तरक्रिया सम्पन्न भएको छ । पर्यटन कार्यालय झापाका सुचना अधिकारी निरोज कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा माईपोखरी देउराली सामुदायीक होमस्टे र सन्दकपुर देउराली सामुदायीक होमस्टेका सदस्यहरुको सहभागिता रहेको थियो ।
सन्दकपुर गाउँपालिका ३ का लिल बहादूर बुर्जाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सामाजिक व्यत्तित्व प्रेमनाछिरिङ सन्दकपुर देउराली सामुदायीक होमस्टेका अध्यक्ष ठाकुर राई, भालुकटेरी सामुदायीक वन समुहकी अध्यक्ष रमिला राई, होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराई, माईपोखरी देउराली सामुदायीक होमस्टेका अध्यक्ष निमलमु सेर्पाको बन्दुके प्रहरी चौकीका प्रमुख उत्तम भुजेल लगायतको आथित्यता रहेको थियो । अन्तरक्रियामा ग्रामीण पर्यटनमा जैविक विविधताको बिषयमा फोटो पत्रकार देवेन खरेल र प्राध्यापक सागर सिवाकोटीले सहिजकरण गरेका थिए ।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार