Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

फाकफोकथुममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन २३ २०८१


फाकफोकथुममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिका भित्रका असहाय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

फाकफोकथुम गाउँपालिकाको आयोजनामा चैत एक र दुई गते र सिहँ देवी माध्यमिक विद्यालयमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । उक्त शिविरमा कार्डियोथेरासिक डा। भगवान् कोइराला आउने आयोजकले जनाएको छ ।

मुटु रोग विशेषज्ञ अनिल भट्टराई, बाल रोग विशेषज्ञ एराज दाहाल, इन्टरनल मेडिसिन कृष्ण हरि खनाल, गाईनोलोजिस्ट सिता राई, नाक कान घाँटी रोग विशेषज्ञ गणेश चालीसेको नेतृत्वमा २५ जना भन्दा बढी डक्टरहरू आउने विपन्नको लागि स्वास्थ्य नेपालका अध्यक्ष रत्न थापाले जानकारी दिए ।

शिविरमा पालिका भित्रका मात्रै नभई छिमेकी पालिका देउमाई नगर पालिका, माङ्सेबुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाबाट पनि सेवाग्राही सहभागी हुने गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले बताए । उनका अनुसार शिविरमा आउने विपन्न, अपाङ्गता भएका, असहाय व्यक्ति लगायत मुटुका बिरामीहरूलाई निःशुल्क अथवा सहुलियतमा थप उपचाका लागि पहल गरिने छ ।

गाउँपालिकाको केन्द्र रहेको आमचोकमा दुई दिन सञ्चालन हुने शिविरमा मुटु रोग, बाल रोग, स्त्री रोग, नाक कान घाँटीरोग, जनरल मेडिसिन जस्ता सेवाहरू प्रदान गरिने फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्म्रोकले जानकारी दिए । उनका अनुसार शिविरमा ई सिजी तथा इको, भिडियो एक्स रे, ब्लड, प्रेसर, सुगर जाँच र स्वास्थ्य परामर्श समेत सञ्चालन हुने छ ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्याबाट यहाँका नागरिकले गाउँमाने सेवा लिन पाउन भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले बताइन ।

सुविधा सम्पन्न अस्पताल गाउँमै नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रूपमा प्राप्त गर्ने र धेरैले राहत पाउने भएको हुँदा पालिकाले समन्वय गरी शिविरको आयोजना गरेको उनको भनाई छ ।

गाउँपालिकाको आयोजनामा सञ्चालन हुने उक्त शिविरमा विपन्नका लागि स्वास्थ्य नेपालको सहकार्य र मनमोहन कार्डियोथोराशिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टर त्रि वि शिक्षण अस्पतालको प्राविधिक सहयोग र दमक बाल अस्पतालको सहयोगमा रहने फाकफोकथुम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख याम बस्नेतले बताए । विपन्नका लागि स्वास्थ्य नेपाल नामक संस्थाले देशका विभिन्न ठाउँमा शिविर सञ्चालन गरेको अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार